काठमाडौं- नेपाली कांग्रेसले आगामी चुनावमा लोकतान्त्रिक शक्तिबीच तालमेल गरेर जाने निर्णय गरेको छ। आज बसेको कांग्रेसको कार्यसम्पादन समिति वैठकले चुनावी तालमेलका विषयमा छलफल गर्न आजै दिउँसो साढे ४ बजे राजपा, संघीय समाजवादी फोरम, फोरम लोकतान्त्रिक, कमल थापा नेतृत्वको राप्रपा र पशुपति शमसेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकलाई बोलाएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यव्यवस्था समिति बैठकले छरिएर रहेका लोकतान्त्रिक शक्तिहरुलाई एकीकरण गरेर लैजाने निर्णय गरेको कांग्रेस नेता अर्जुननरसिंह केसीले जनाए। प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै वाम एकता भएसँगै कांग्रेसले पनि लोकतान्त्रिक शक्तिबीच एकताको अभियान थालेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।