१) नेकपा एमालेको उपमहासचिवमा गोकर्ण विष्ट, प्रदीप ज्ञवाली र विन्दा पाण्डेको दाबी, उम्मेदवारी घोषणा गर्न भने बाँकी, सचिवमा आकांक्षीको ओइरो । (एमालेभित्र महाधिवेशनको माहोल)
२) राजपत्रमा प्रकाशित भयो गोलाप्रथाद्वारा पेसी तोक्ने नियमावली, प्रधानन्यायाधीशको अधिकार कटौती, प्रधानन्यायाधीशमाथि महाभियोगका लागि सभामुखलाई बार एसोसिएसनले बुझायो ज्ञापनपत्र, (अब सर्वोच्चमा गोलाप्रथाबाट पेसी तोकिने)
३) एमाले महाधिवेशन उद्घाटन सत्र स्थलमा मञ्च बनाउने काम ४० प्रतिशत सकियो, एकैसाथ ७२ कलाकारले प्रदर्शन गर्न सक्ने, पत्रकारलाई बेग्लै टावर । (महाधिवेशनको अन्तिम तयारीमा एमाले)
४) अफगानिस्तानमा तालिबान सरकारद्वारा महिलाहरुका लागि नयाँ प्रतिबन्धको घोषणा, महिलालाई टेलिभिजन सिरियलमा काम गर्न रोक, महिला पत्रकार र कार्यक्रम सञ्चालकलाई पनि स्क्रिनमा हेडस्कार्फ लगाउन निर्देशन । (महिलाप्रति कठोर बन्दै तालिबान)
५) र, आईसीसी महिला टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गत नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित, नेपालले दोस्रो खेल भुटानविरुद्ध मंगलबार खेल्ने । (नेपाल पहिलो खेलमै पराजित)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।