• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३, २०८३ Sat, Sep 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

‘घन सब्बल सानै त हुन्छन् चट्टान गिराउँदाछन्’

64x64
धनु विश्वकर्मा मंगलबार, मंसिर २१, २०७८  ०७:०५
1140x725

भाषा बुझ्न अप्ठ्यारो छ बस्न्या शहरको
यही ठौर औषधी छैन मनका रहरको।

भर्खर जुँगाको रेखी बस्दै गरेका शंकर मल्ल ठकुरीले गीतबाटै दुःख पोखे। उनी बाजुराको सदरमुकाम मार्तडीबाट कोल्टीको पैदल यात्रामा थिए। बाटैमा भेटिएका उनले देउडा हालेर पैदलयात्रीलाई बाटो काट्न सहज बनाइदिए। 

बिहानै बाउली अनाईको खोला छिचोल्दै खणुका डाँडामा पुगेपछि उनी पनि जीप कुरेर बसे। दिउँसो २ बजेसम्म जीप आएन। उनले त्यसैमा गीत कथिहाले–
‘गाउँल्याका षड्यन्त्र हुन् कि दुश्मनका झाल हुन् कि
जाँ जान्छु ठक्करै खान्छु, समय साल हुन् कि’

शंकरको घर बाजुराको उत्तरीभेगमा पर्ने हिमाली गाउँपालिका–६ धिममा छ। उक्त गाउँ विकासको दृष्टिले पछि परेको छ। चरम अभाव, गरिबी, अशिक्षा, बेरोजगारी सुदूरपश्चिम पहाडको विशेषता नै बनेको छ। यस्तै जटिलताबीच गायकीको प्रतिभा बोकेर शहर ताक्दैछन् १८ वर्षीय शंकर। 

उनले विद्यालय शिक्षा गाउँमा नै पूरा गरे। २०७४ सालमा एसईई उत्तीर्ण गरेपछि ११ र १२ कक्षा पढ्न सदरमुकाम मार्तडी आए। विज्ञान विषय लिएर मावि तह पूरा गरे। उनको रुचि भने गायनमा नै थियो।

सानैदेखि देउडा गाउँथे। दौरा सुरुवालमा ठाँटिएर देउडा गाउनु उनको सपना थियो। स्कुलमा सांस्कृतिक कार्यक्रम त हुन्थे, तर देउडा प्रतियोगिता हुँदैन थियो। उनलाई भने मामा र आमाको साथले देउडा गायनमा लागिरहन प्रेरणा मिल्यो।

छिमेकी जिल्ला मुगुस्थित मामाघरमा देउडा गायनको वातावरण छ। मामा देउडा खेल्न निकै टाढासम्म पुग्छन्। उनी पनि मामासँग देउडा हेर्न जान्थे। आमासमेत देउडा गाउँछिन्। ‘मेरो देउडा सिकाइको पाठशाला नै आमा र मामा हुनुहुन्छ,’ उनी भन्छन्।

१४ वर्षको उमेरमा पहिलो पटक देउडा गाएका थिए। उनले एकाएक देउडा गाएको देख्दा गाउँलेहरु चकित परेको उनी बताउँछन्। त्यसपछि धमाधम देउडा खेल्ने ‘अफर’ आउन थाल्यो। अहिले देउडा खेल्नका लागि बाजुरा, मुगु, अछाम, कालिकोटसम्म पुग्छन्। उनी सामान्य गफगाफको जवाफ पनि देउडाबाटै दिन्छन्। सानै उमेरमा उनले देउडा खेलमा पाएको सफलताको रहस्यबारे सोध्दा उनले यसरी जवाफ फर्काए–
घन सब्बल सानै त हुन्छन् चट्टान गिराउँदाछन्
जो हड्दाछन् बाङ्गा बाटा उनलेई बिराउँदाछन्।

Ncell 2
Ncell 2
nimb
nimb

एसईईपछि पढ्नका लागि मार्तडी बस्दा उनको कुराकानी अछामी देउडा गायिका पान्सा थापासँग हुन थाल्यो। उनीहरु फोनमा नै देउडा खेल्थे। त्यति बेलासम्म देखादेख नभएकी पान्सा उनको ‘देउडा गुरु’ भइन्। तर, खेलमा भने उनीहरुबीच नै टक्कर पथ्र्यो। अनुभवी देउडा गायिका पान्साको हर सवालको जवाफ दिन शंकर चुक्दैन थिए। यसले उनलाई समसामयिक घटनाबारे पनि जानकारी हुन थाल्यो।

बाजुराको मौलिक पर्व ‘अनन्ते’मा भएको देउडा खेलमा उनी विजेता बने। त्यसपछि उनी चर्चामा आए। उनले अहिलेसम्म नाम चलेका खेलाडी पान्सासहित कमला धामी, बेला रोकाया लगायतसँग देउडा खेलिसकेका छन्। ‘मैले धेरै पुरुष खेलाडीलाई पनि हराएको छु। अब कालिकोटका नेत्रराज शाही र पुष्पराज आचार्य तथा अछामका रामबहादुर साउदसँग खेल्ने धोको छ,’ उनी भन्छन्। 

तर, उनीसँग बुवा भने खुसी छैनन्। बुवाले पटकपटक ‘देउडा खेल्ने छोरो कहिले काम लाग्दैन’ भनिरहन्छन्। बुवाले पहिला करियर बनाउन सम्झाइरहन्छन्। लोकसेवाको परीक्षा दिन दबाब दिन्छन्। त्यसैले बुवा र दाइसँग उनको खुलेर बोलचाल भएको छैन।

उनी अब देउडा नखेली बस्न सक्दैनन्। ‘मलाई नशा नै देउडाको छ, चाहेर पनि छाड्न सक्दिनँ। बरु बुवाको इच्छा पूरा गरिदिन अब लोकसेवा परीक्षाको तयारी गर्ने सोचमा छु,’ उनी भन्छन्, ‘देउडा गाएर नाम हुन्छ, दाम हुँदैन। त्यसैले यसैमा हिँडिरहन सकिँदो रहेनछ।’

देउडा केवल गीत मात्र होइन। यो सुदूरपश्चिमको संस्कृति हो। ज्ञान र सूचना बाँड्ने माध्यम हो। सामाजिक रुपमा मनोरञ्जन गर्ने साधन हो। देउडा गाउँदा टुक्का मिलाएर मात्र हुँदैन, सवालको विषयवस्तुप्रति जानकार हुनुपर्छ। देउडामा प्रेमको भाव मात्र हुँदैन, सामाजिक, आर्थिक र राजनीतिक विषय पनि हुन्छ। व्यङ्ग्य हुन्छ। शंकरलाई उनको राजनीतिक चासो र जानकारीबारे सोध्दा देउडामा नै यसरी जवाफ दिए–
छुटिया छुटछुटै भया प्रचण्ड र केपी
क्या तिनका उपति भयो जनताकन हेपी

अहिले उनी आफ्नो पढाइ र व्यक्तिगत खर्च देउडा गाएरै कमाउँछन्। कहिले देउडा आयोजकले दिन्छन् त कहिले पुरस्कार पाउँछन्। खर्च घरमा माग्नु परेको छैन। उनी स्नातक अध्ययन पूरा गरेपछि गाउनका लागि काठमाडौँ जाने सोचमा छन्। तर, त्यति बेलासम्म लोकसेवा परीक्षा उत्तीर्ण भए भने उनको बाटो मोडिनेछ।
उनलाई आफ्नी बहिनीको चिन्ताले सताइरहन्छ। बहिनीलाई अपाङ्गता भएको तीन वर्ष भयो। उनको वेदना देउडामा यसरी पोख्छन्–
घाम भया सितल बस्न्या काइँ भेटिन रुख
बुझिदिन्याँ कोही भेट्याइनँ मनौदाका दुःख।

बहिनीलाई पक्षघात भएको छ। हिँडडुल गर्न सक्दिनन्। आर्थिक अवस्था कमजोर हुँदा भनेजस्तो ठाउँमा लगेर उपचार गराउन सकिएको छैन। उनको पहिलो अठोट नै पैसा कमाएर बहिनीको उपचार गर्नेछ। त्यसै कारण पनि उनी लोकसेवा पढ्न हतारिएका छन्। तर, देउडा चटक्क नछाड्ने उनको प्रण छ।

प्रकाशित मिति: मंगलबार, मंसिर २१, २०७८  ०७:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
यूएन महासभामा यसपटक ‘सानो टोली’, परराष्ट्रमन्त्री भोलि जाँदै, प्रधानमन्त्री २२ सेप्टेम्बरमा न्युयोर्क जाने शनिबार, असोज ३, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान शनिबार, असोज ३, २०८३
ओली–प्रचण्डलाई गगनको आग्रह– संविधानको नाममा ध्रुवीकरण नगरौं, रास्वपासँग पनि सहकार्य गरौं शनिबार, असोज ३, २०८३
नेपालको कुन संविधान कति पटक संशोधन भए ? शनिबार, असोज ३, २०८३
प्रदेशदेखि राखेजदेखि राजसंस्था स्थापनासम्म : ज्ञानेन्द्र शाहीका संविधान संशोधनका चार प्रस्ताव शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
रवि-बालेनको राजनीतिक उत्थानमा अमेरिकी भूमिका खोज्ने ‘ग्रेजोन’बारे सरकारका प्रवक्ताको हल्का टिप्पणी शुक्रबार, असोज २, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्