• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

नेपाली इटालियन विकास मेराग्लियाको राष्ट्रिय लिग डेब्यू: समर्थक किन निराश?

64x64
दीप सुवेदी मंगलबार, मंसिर ७, २०७८  ०९:३२
1140x725

काठमाडौं- ‘इटालीमा व्यावसायिक फुटबल खेलिरहेका नेपाली मूलका विकास मेराग्लिया ‘ए’ डिभिजन लिग खेल्न नेपाल आउने।’

केही समयअघि यो समाचारले नेपाली फुटबल समर्थकमाझ निकै चर्चा पायो। अन्ततः विकास नेपाल आइपुगे र ‘ए’ डिभिजन लिगमा उनले पहिलो खेल पनि खेलिसकेका छन्।

एक वर्षका लागि च्यासल युथ क्लबमा आवद्ध विकासले गएको शनिबार थ्रीस्टारविरुद्ध खेल्दै ‘ए’ डिभिजनमा डेब्यू गरेका छन्। इटालीको यू–१६ राष्ट्रिय टिममा समेत खेलिसकेका र सिरि ‘ए’ क्लब एटलान्टा र भेनेजियाको युवा टोलीबाट व्यावसायिक फुटबल खेलेका विकासले दशरथ रंगशालामा समर्थकलाई भने निराश बनाए।

उनी २६औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्न चुके। त्यतिबेला च्यासल एक गोलले पछि थियो। खेलको अन्य समयमा पनि उनले ‘आकर्षक खेल’ देखाउन सकेनन्। अन्ततः च्यासल ३–० गोलले हार्न पुग्यो।

खेल अवधिभर दर्शकले भने उनलाई साथ दिएका थिए। जब उनको खुट्टामा बल पुग्थ्यो, दशरथ रंगशालामा उपस्थित च्यासल र थ्रीस्टार दुवै टिमका समर्थक उभिएर उनलाई हौसला दिइरहेका थिए। उनीहरू कुनै क्लबको भन्दा पनि विकासको समर्थकजस्ता देखिएका थिए।

विकासको समर्थनमा दर्शकले ‘हुटिङ’ दिँदा थ्रीस्टारका खेलाडी पनि दबाबमा परेका थिए। उनको खेलबारे समर्थक मात्रै नभइ थ्रीस्टारका खेलाडीहरू पनि जानकार थिएनन्। यस्ता खेलाडी कुनै बेला विपक्षीका लागि खतरा हुन सक्छन्। त्यसलै नयाँ खेलाडीलाई फुटबलमा ‘गेम चेन्जर’को रुपमा लिने गरिन्छ।

विकासलाई थ्रीस्टारका डिफेन्डरहरु अनन्त तामाङ, निशान्त खड्का र रिम राफाएलले खेल अवधिभर ‘मार्क’ गरिरहेका थिए। अन्य खेलाडीले पनि उनलाई ‘टेक्निकल ट्याकल’को सिकार बनाइरहे। त्यसैले विकास थ्रीस्टारका लागि उस्तो खतरा भएनन्। 

वास्तवमा विकास मैदान उत्रिन तयारी अवस्थामा पनि थिएनन्। च्यासलका मुख्य प्रशिक्षक बालगोपाल साहुखलले पनि लिग सुरु हुनुपूर्व विकास अहिले नै लिग खेल्न तयारी अवस्थामा नरहेको बताएका थिए। विकाससँग खेल्ने क्षमता रहे पनि टोलीमा उनको तालमेल नमिलेको र अनुभवको कमीसमेत रहेको बताएका थिए। तर, च्यासलले समर्थकहरुलाई मैदानसम्म आकर्षित गर्ने कडी विकासलाई नै बनायो।

Ncell 2
Ncell 2
nimb
nimb

व्यावसायिक फुटबलमा खेलाडीलाई खेलको समयमा मानसिक दबाबमा राख्नु हुँदैन। जति मानसिक दबाब बढ्यो, उत्तिकै मैदानमा देखाउने प्रदर्शन बिग्रदै जान्छ। सञ्चार माध्यममा १३/१४ वर्षका खेलाडीले यू–२० खेलमा डेब्यू गरेका समाचार आइरहेका हुन्छन्। त्यसरी डेब्यू गराउँदा उनीहरु शारीरिक रूपमा परिपक्व नभएको भनेर आलोचना पनि हुने गरेको छ।

तर, समर्थकले भने त्यस्ता खेलाडीबाट ठूलो अपेक्षा गरेका हुन्छन्। कलिलै उमेरमा इटाली पुगेका विकासबाट नेपाली दर्शकलाई त्यस्तै अपेक्षा थियो।

उनी सन् २००८ मा ६ वर्षकै उमेरमा गोदावरीको एक बालआश्रमबाट इटाली पुगेका थिए। इटालीको फुटबल वातावरणमा हुर्किएका विकासले विभिन्न उमेर समूहका प्रतियोगिता खेल्दा गजब क्षमता देखाएपछि चर्चामा आएका थिए। 

विकासको क्षमताबारे जानकार नेपालको राष्ट्रिय टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले उनलाई बोलाउनुपर्ने आशय व्यक्त गरेका थिए। अल्मुताइरीले विदेशमा रहेका नेपाली मूलका खेलाडीलाई नेपाली टिमबाट खेलाउनु पर्ने धारणा राखेपछि नेपाली खेलकुद वृतमा उनको नाम एकाएक चर्चामा आएको थियो। 

Xtrem

Xtrem

यसअगाडि उनको नाम न कसैले सुनेका थिए, न त कसैले खोजिनीति नै गरेका थिए। अल्मुताइरीले विकासबारे संकेत गरेपछि केही सामाचार माध्यमले उनी नेपाली राष्ट्रिय टोलीलाई उकास्न सक्ने खेलाडी भएको चित्रणसमेत गरेका थिए। नेपाली खेल समर्थक उनलाई हेर्न आतुर थिए। त्यसैले त्यो प्यास मेटाउन च्यासलले रातारात फोनकै भरमा मछिन्द्र क्लबलाई उछिन्दै उनलाई एक वर्षका लागि अनुबन्ध गरेको थियो।

त्यसको केही समयपछि नेपाल आएका विकासको लक्ष्य भने नेपालमा फुटबल खेल्नु नै थिएन। नेपाली समर्थकहरूले विकासले नेपालमा फुटबल खेल्ने सामाजिक सञ्जालमार्फत धारणा राखिरहँदा उनले भने त्यस्तो सोच नबनाएको प्रतिकृया दिएका थिए। इटालियन पासपोर्ट बोक्ने विकासले निकट भविष्यमै नेपाली टिमबाट खेल्ने सम्भावना छैन। किनभने उनले नेपालबाट खेल्न इटालियन पासपोर्ट त्यागेर नेपालको पासपोर्ट बोक्नुपर्छ।

उनी इटाली कसरी पुगे र नेपाल किन आएका हुन् भन्नेबारे सञ्चार माध्यमसँग खुलिसकेका छैनन्। उनले आफू व्यक्तिगत कामले नेपाल आएको र नेपालमा रहँदा फुटबल खेल्ने बताउने गरेका छन्। 

वास्तवमा उनी 'रिफ्रेस' हुन र आफ्नो बिछोडिएको परिवार खोज्न नेपाल आएका हुन्। उनी आफ्नो परिवारसँग मिलन हुन चाहन्छन्। तर, इटालीमा हासिल गरेको फुटबल कलाकौशललाई पनि गुमाउन चाहँदैनन्।

च्यासलका मुख्य प्रशिक्षक साहुखलका अनुसार विकासलाई नेपाली भाषा आउँदैन। अंग्रेजीमा समेत कमजोर छन्, उनी। उनलाई इटालियन भाषा मात्रै आउँछ, जुन बुझ्न दोभासे राख्नुपर्छ। यसले गर्दा टोलीसँग अभ्यास गर्न उनलाई समस्या परिरहेको छ। 

‘उनलाई भाषाको समस्या छ। उनले बोलेको अन्य खेलाडीले बुझ्दैनन्। अरुले बोलेको पनि उनी बुझ्दैनन्। जसले गर्दा उनी संकेत अनुसार खेलिरहेका छन्,’ साहुखल भन्छन्, ‘उनलाई ठूला लिगको अनुभव छैन। त्यसैले जति अपेक्षा थियो, त्यति उनले दिन सक्ने अवस्था छैन।’

मैदानमा संकेतसँगै भाषा र टोलीको तालमेल उत्तिकै महत्वपूर्ण हुन्छ। तर, विकाससँग यो खुबी नहुँदा उनले मैदानमा राम्रो खेल देखाउन सकेनन्।

थ्रीस्टारविरुद्धको खेलमा २५औं मिनेटमा पाएको पेनाल्टी च्यासलका लागि ‘टर्निङ पोइन्ट’ हुन सक्थ्यो। तर, विकासले त्यसलाई सदुपयोग गर्न सकेनन्। उनी दशरथ रंगशालामा उपस्थित समर्थकको हुटिङबाट ‘नर्भस’ जस्तो देखिएका थिए। उनको फितलो ‘ग्रासबल’ प्रहार थ्रीस्टारका गोलकिपर प्रिसोले सहजै बचाए। पहिलो खेलको नतिजा च्यासलका लागि बिर्सनलायक रह्यो।

खेलपछि सामाजिक सञ्जालमा समर्थकसँग विकासले भने, ‘मलाई थाहा छैन कहाँबाट सुरु गरौँ र मैले यस समयमा के फिल गरिराछु भनेर व्यक्त गर्ने शब्दबारे पनि थाहा छैन। म मेरो टिम मेम्बर, क्लब र समर्थकहरुसँग आजको खेलको नतिजाको लागि क्षमा माग्छु। मैले भन्न सक्ने भनेको नै ‘आई एम सरी’ हो।’

हरेक फुटबल खेलाडीको आ–आफ्नो विषेशता हुन्छ। विकासको विशेषता भनेको अन्य खेलाडीलाई बल पास दिएर गोलको मौका सिर्जना गर्ने हो। ‘लेप्ट विङ’बाट खेल्न रुचाउने विकासले ‘अट्याकिङ थर्ड’मा बल दिने गर्छन्। भर्खरै १९ वर्ष पुगेका विकासको प्रहार निक्कै फितलो छ। उनी आफैँ डिबक्स बाहिरबाट गोल गर्न सक्दैनन्।

यसअगाडि लिगको तयारीस्वरुप खेलिएको दुई खेलमा प्रशिक्षक साहुखलले विकासलाई पहिलो रोजाइमा मैदान उतारेका थिएनन्। शनिबार सुरुवाती रोजाइमै मैदानमा उत्रिएका विकासबाट साहुखल पक्कै सन्तुष्ट हुन सकेनन्। त्यसैले साहुखलले भनेको जस्तो विकासलाई च्यासलको ‘गेम चेन्जर’को रुपमा लिने बेला भइसकेको छैन।

प्रकाशित मिति: मंगलबार, मंसिर ७, २०७८  ०९:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
रोनाल्डोले छाडे पोर्चुगलको क्याम्प पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीको प्रशिक्षण क्याम्प छाडेपछि उनको अन्तर्राष्ट्रिय फुटबल करिअरबारे फेरि... बिहीबार, असोज १५, २०८३
मेसीबिनाको पहिलो खेलमा अर्जेन्टिनाको सानदार जित लिओनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेपछि पहिलोपटक मैदानमा उत्रिएको अर्जेन्टिनाले बोलिभियामाथि सहज जित निकालेको... बिहीबार, असोज १५, २०८३
चेकविरुद्ध इङ्ल्यान्डको जित इङ्ल्यान्डले नेसन्स लिगमा चेक गणतन्त्रलाई २–० ले पराजित गरेको छ। प्रागमा भएको खेलमा घरेलु टोली २३औं मिनेटमै पाभेल शुल्च रातो कार्ड प... बुधबार, असोज १४, २०८३
ताजा समाचारसबै
२ करोड ५१ लाख बराबरको गहनासहित इला पटेल पक्राउ, थप अनुसन्धान हुँदै बिहीबार, असोज १५, २०८३
निजामती कर्मचारीले पाउने ९ प्रकारका बिदा : के-के छन् व्यवस्था? बिहीबार, असोज १५, २०८३
राष्ट्रपतिसमक्ष आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेश बिहीबार, असोज १५, २०८३
एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज बिहीबार, असोज १५, २०८३
एआई अनुवाद सुविधासहितको हनर च्वाइस टी१० नेपालमा सार्वजनिक, मूल्य १६ हजार ४९९ रुपैयाँदेखि सुरु बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्