काठमाडौं- नेपाल टेनिस संघको आयोजनामा काठमाडौं-एसियन यु–१४ याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– २ सोमबारदेखि सुरु हुँदै छ।
प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान र अमेरिकाका १७ ब्वाइज र १६ गल्र्स गरी ३३ खेलाडीको सहभागी हुने नेपाल टेनिस संघका सदस्य समेत रहेका प्रतियोगिता निर्देशक अजय विष्टले जनाएका छन्।
नेपालका १५ ब्वाइज र १४ गल्र्स, भारतका समान १–१ ब्वाइज-गल्र्स, पाकिस्तानका १ ब्वाइज तथा अमेरिकाका १ गल्र्स खेलाडीले चुनौती प्रस्तुत गर्ने छन्।
प्रतियोगितामा सिंगल्स र डबल्स स्पर्धामा प्रतिस्पर्धा हुने छ। खेलहरु सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा खेलाइने छ।
सर्किट– १ गत शुक्रबार सम्पन्न भएको थियो। सर्किट– १ मा पनि सिंगल्स र डबल्स स्पर्धामा खेल भएको थियो।
दुवै स्पर्धामा नेपाली खेलाडीले शीर्ष स्थान हात पारेका थिए। सिंगल्सको ब्वाइजमा सक्षमविक्रम शाह र गल्र्समा सुनिरा थापा पहिलो भएका थिए।
डबल्सको ब्वाइजमा सक्षमविक्रम शाह र आयुशमान हजुर घले तथा गल्र्समा सुनिरा थापा र प्रशंसा मोक्तानको जोडीले स्वर्ण चुमेका थिए। सर्किट– २ शुक्रबारसम्म चल्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।