काठमाडौं- शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीलाई शेरबहादुर खड्का स्पेसल अवार्ड– २०७७ बाट शनिबार सम्मान गरेको छ।
प्रतिष्ठानले अरुणालाई नगद ५० हजार र ट्रफीसहित गिफ्ट ह्याम्पर प्रदान गरी सम्मान गरेको हो।
अरुणाको कप्तानीमा नेपालले बंगलादेशको ढाकामा भएको प्रथम बंगमाता एसियन सिनियर महिला सेन्ट्रल जोन भलबलमा स्वर्ण तथा नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत पदक जितेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।