• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, जेठ २६, २०८३ Tue, Jun 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

‘भाग्य’ले बलियो बनाइदिएका कमजोर मुख्यमन्त्री

64x64
वीरेन्द्र ओली आइतबार, मंसिर ५, २०७८  १४:४९
1140x725

काठमाडौं- तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच २०७४ सालको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धन (वाम गठबन्धन) भएपछि चुनावी परिणाम उनीहरुकै पक्षमा मोडियो। गठबन्धनले प्रतिनिधि सभामा झण्डै दुईतिहाइ बहुमत प्राप्त गर्‍यो। सातमध्ये छ वटा प्रदेशमा गठबन्धनको एकलौटी जस्तै भयो।

अनि केन्द्रमा गठबन्धनबाट एमालेका केपी शर्मा ओली प्रधानमन्त्री भए। आधा कार्यकाल ओलीले चलाउने र बाँकी आधा कार्यकाल पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नेतृत्व गर्ने सहमतिसहित एमाले र माओवादीबीच पार्टी एकीकरण अघि बढ्यो। एकीकरण अघि नै सात प्रदेशमध्ये एमालेबाट प्रदेश १ मा शेरधन राई, बागमतीमा डोरमणि पौडेल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल मुख्यमन्त्री बने। अनि माओवादीबाट कर्णालीमा महेन्द्रबहादुर शाही र सुदूरपश्चिममा त्रिलोचन भट्टले मुख्यमन्त्री बन्ने अवसर पाए।

यीमध्ये सुदूरपश्चिममा भट्ट मुख्यमन्त्री बन्नु धेरैका लागि अप्रत्यासित जस्तै थियो। अरु त अरु, माओवादीभित्रसमेत त्यसलाई सहजरुपमा लिइएको थिएन। किनभने, त्यतिबेला मुख्यमन्त्रीको दौडमा माओवादी केन्द्रका प्रदेश सभा सदस्य वीरमान चौधरी अग्रस्थानमा थिए। भट्ट चर्चामा मात्र थिए। त्यसबेला थारु समुदायको असन्तुष्टि ह्वात्तै उठेको र थरुहट/थारुवान आन्दोलनको केन्द्र कैलाली नै बनेको थियो। त्यहीकारण पनि सुदूरपश्चिमको थारु समुदायबाट शैक्षिक योग्यता र राजनीतिक योगदानका हिसाबले अग्रस्थानमा रहेका वीरमान मुख्यमन्त्री बन्दा राम्रै सन्देश जानेमा माओवादी नेताहरु ‘कन्भिन्स्ड’ थिए। माओवादी पंक्तिमा पनि भट्टको खासै चर्चा र प्रभाव थिएन।

तर, उनी तत्कालीन माओवादी नेता लेखराज भट्टको निकट थिए। सुदूरपश्चिममा माओवादीभित्र ‘अखण्ड’ पक्षधर र थरुहट पक्षधरको कित्ताकाट जस्तै भएको थियो। यही असर मुख्यमन्त्री चयनमा देखियो। वीरमानलाई लामो समय तत्कालीन माओवादी नेता बाबुराम भट्टराईनिकट रहेको भनेर मुख्यमन्त्रीको दौडबाट पाखा लगाइयो र भट्टलाई मुख्यमन्त्री बनाइयो। त्यही असन्तुष्टिकै कारण वीरमान भट्ट नेतृत्वको सरकारमा सहभागी हुन मानेनन्। यस्तो असन्तुष्टि र भट्ट स्वयंको गुमनाम र कमजोर पृष्ठभूमिका कारण मुख्यमन्त्री बनेलगत्तै उनको दिनगन्ती सुरु भएको चर्चा पनि भएको थियो।

तर, ‘भाग्य’नै बलियो 
सात प्रदेशका मुख्यमन्त्रीमध्ये त्यसबेला तुलनात्मक रुपमा सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट नै सबभन्दा कमजोर ठानिन्थे। माओवादीबाट बनेका दुई मख्यमन्त्री (महेन्द्रबहादुर शाही र त्रिलोचन भट्ट)मध्ये पनि भट्ट निकै कमजोर थिए। माओवादीको सशस्त्र द्वन्द्वकालमा प्रत्यक्ष युद्ध लडेको लडाकुको पृष्ठभूमि रहेका शाहीजस्तो भट्टको पृष्ठभूमि थिएन। त्यहीकारण पनि उनलाई माओवादीले नै मुख्यमन्त्रीबाट जुनसुकै बेला हटाउन र अर्को व्यक्तिलाई मुख्यमन्त्री बनाउनसक्ने चर्चा हुने गर्थ्यो।

nimb
nimb
Ncell 2
Ncell 2

तर, समयक्रममा भट्टलाई एकपछि अर्को अनुकूलता मिल्न थाल्यो। तत्कालीन एमाले र माओवादीको एकतापछि गठित नेकपालाई सर्वोच्च अदालतले वैधता नदिएपछि सबभन्दा पहिले कर्णालीका मुख्यमन्त्री शाही अप्ठ्यारोमा परे। तर, नेकपा विभाजनपछि त्योभन्दा पहिल्यै ‘सेफल्याण्डिङ’ भट्टको भयो। सुदूरपश्चिममा तत्कालीन एमालेको माधवकुमार नेपालपक्षको बलियो पकड थियो। संसदीय दलमा नेपालपक्षकै बहुमत थियो। नेपालपक्षले दलबाटै निर्णय गरेर भट्टको सरकार जोगाइदियो। पकड बलियो भएकाले उनलाई आफ्नो पद जोगाउन सजिलो भयो। तर, कर्णालीमा एमालेका अध्यक्ष केपी शर्मा ओलीपक्ष बलियो भएकाले शाहीलाई आफ्नो पद जोगाउन कठिन भयो। उनले कांग्रेससँग सहमति गरे र चलाखीपूर्वक एमाले सांसदहरुको पनि साथ लिएर बल्लतल्ल सरकार जोगाए।

कर्णालीमा यो घटनाक्रमपछि कांग्रेससहित पाँच दलीय गठबन्धनको सरकार बनेपछि माओवादीले कांग्रेससँग आलोपालो मुख्यमन्त्री चलाउने सहमति गरेको थियो। त्यही सहमतिबमोजिम कर्णालीका मुख्यमन्त्री शाही विदा भइसकेका छन् र कांग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री बनेका छन्। गठबन्धनमा पछिल्लो समय माओवादीले कर्णाली र सुदूरपश्चिममध्ये एक सरकारको नेतृत्व छाड्नुपर्ने दबाब व्यहोरिरहेको थियो। पार्टी राजनीतिमा बलियो मानिएका शाही नै बाहिरिएपछि भट्ट फेरि मुख्यमन्त्रीमा सुरक्षित बनेका छन्।

तर, माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश सभा सदस्य अक्कलबहादुर रावल भने एमालेबाट विभाजित नेकपा (एकीकृत समाजवादी)ले साथ दिएकाले मुख्यमन्त्री भट्ट पहिल्यै बलियो रहेको दाबी गर्छन्। ‘सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादी पहिलो पार्टी हो। त्यो पार्टीले नै दरोसँग साथ दिएको छ। त्यसैले मुख्यमन्त्री बलियो हुनुहुन्छ,’ रावलले भने, ‘तर, एकीकृत समाजवादीले मुख्यमन्त्री दाबी गरिरहेको छ। उसले साथ नदिने भयो भनेचाहिँ संकट पर्छ।’

कतिपयले प्रदेश सरकार प्रमुखका रुपमा पाँच वर्ष नै पूरा गर्ने मुख्यमन्त्री अब भट्ट नै बन्ने पनि बताइरहेका छन्। तर, सुदूरपश्चिम प्रदेशमा अहिले पनि यो सत्ताको नेतृत्वबारेको किचलो साम्य नभएकाले मुख्यमन्त्री भट्ट पाँच वर्ष नै निरन्तर रहनेबारे ढुक्कको स्थिति भने नरहेको रावलले बताए।

एकीकृत समाजवादीबाट प्रदेश १ मा राजेन्द्र राई र बागमतीमा राजेन्द्र पाण्डे मुख्यमन्त्री छन्। त्यसकारण सुदूरपश्चिममा एकीकृत समाजवादीले मुख्यमन्त्री पाउने सम्भावना तत्काललाई देखिँदैन। लुम्बिनीमा माओवादी र कांग्रेसबीच आलोपालो सरकार चलाउने सहमति भएकाले अब कांग्रेसका मुख्यमन्त्री बन्ने छन्। त्यस हिसाबले हेर्दा पनि भट्टको मुख्यमन्त्री पद अझै सुरक्षित देखिन्छ।

लेखराजलाई छाडेर जोगाए पद
तत्कालीन नेकपामा विग्रह भएपछि सुदूरपश्चिमका प्रभावशाली माओवादी नेता लेखराज भट्ट माओवादी छोडेर एमाले प्रवेश गरे। लेखराजले मुख्यमन्त्री बनाउन भरमग्दुर प्रयास गरेका त्रिलोचन भट्ट पनि उनीसँगै जाने धेरैको आकलन थियो। तर, उनी माओवादीमै बसे, लेखराजलाई छाडिदिए। उनी एमाले प्रवेश गरेको भए मुख्यमन्त्री पद नजोगिने निश्चित थियो। त्यही बुझेरै उनले बरु लेखराजको साथ छाड्ने निधो गरेको देखिन्छ। बरु माओवादीमै रहेकाले एकीकृत समाजवादीले उनको सरकार जोगाइदियो।

उनलाई अहिले एकीकृत समाजवादीका नेता दीर्घराज सोडारीले चुनौती भने दिइरहेका छन्। मुख्यमन्त्रीको दाबी त सुदूरपश्चिममा कांग्रेसले पनि गरिरहेको छ। तर, तत्कालका लागि भट्टलाई कतैबाट खतरा देखिएको छैन। एकीकृत समाजवादीका एक नेताले भने, ‘यसलाई भाग्य नै भन्ने त होला, उहाँका लागि परिस्थिति साँच्चै अनुकूल छ अहिले।’

प्रकाशित मिति: आइतबार, मंसिर ५, २०७८  १४:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
मन्त्रिपरिषद् बैठकमा डीडीसीका दूध, दहीदेखि चिजसम्मका परिकार बैठकमा सबै मन्त्रीका अगाडि सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) का उत्पादन वितरण गरिएको हो। मंगलबार, जेठ २६, २०८३
संसदबारे नयाँ रणनीति बनाउन छलफलमा विपक्षी दल, को-को छन् सहभागी ? सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी दलका प्रमुख सचेतक र सचेतकको सर्वदलीय बैठक सुरु भएको हो । मंगलबार, जेठ २६, २०८३
‘पार्टीको प्राथमिकता जनता जोड्ने हुनुपर्छ, नेता मिलाउने होइन’ : गगन थापा गोरखामा आयोजित कार्यक्रममा बोल्दै उनले पार्टीभित्र नेताहरूलाई एकै ठाउँमा ल्याउने प्रयासभन्दा पनि संगठनलाई जनस्तरसम्म प्रभावकारी बनाउ... मंगलबार, जेठ २६, २०८३
ताजा समाचारसबै
मन्त्रिपरिषद् बैठकमा डीडीसीका दूध, दहीदेखि चिजसम्मका परिकार मंगलबार, जेठ २६, २०८३
संसदबारे नयाँ रणनीति बनाउन छलफलमा विपक्षी दल, को-को छन् सहभागी ? मंगलबार, जेठ २६, २०८३
‘पार्टीको प्राथमिकता जनता जोड्ने हुनुपर्छ, नेता मिलाउने होइन’ : गगन थापा मंगलबार, जेठ २६, २०८३
१० बुँदे सम्झौता कार्यान्वयन माग गर्दै रास्वपा कार्यालय अगाडि जेन जेडको धर्ना र नाराबाजी मंगलबार, जेठ २६, २०८३
ग्लोबल आईएमई बैंकको अगुवाइमा सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रूपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता मंगलबार, जेठ २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्‍यो कारबाही सोमबार, जेठ २५, २०८३
महावीर पुन मन्त्री बन्दै मंगलबार, जेठ २६, २०८३
यि हुन् मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णयहरू मंगलबार, जेठ २६, २०८३
कांग्रेसले संसदमा किन गर्‍यो पाँच मिनेट माैनधारण ? मंगलबार, जेठ २६, २०८३
रास्वपा सभापतिले बोलाएको सर्वदलीय बैठकमा ओली, प्रचण्ड, गगन र हर्क चारै नेता गएनन् सोमबार, जेठ २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल आइतबार, जेठ २४, २०८३
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्‍यो कारबाही सोमबार, जेठ २५, २०८३
महावीर पुन मन्त्री बन्दै मंगलबार, जेठ २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्