नेपालगञ्ज- युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले नेपालगञ्ज म्याराथनको उद्घाटन गरेका छन्।
सातौं संस्करणको नेपालगञ्ज म्याराथन उद्घाटन गर्दै मन्त्री गहतराजले कोरोनालाई परास्त गर्दै खेल गतिविधिहरुलाई चलायमान बनाउनुपर्ने समय आएको बताए।
नेपालगञ्ज म्याराथनले स्थानीयदेखि खेल क्षेत्रका भेट्रानहरु समेतलाई सडकमा उतार्न सफल भएकोमा खुसी व्यक्त गर्दै उनले नेपालगञ्ज म्याराथनलाई स्थापित म्याराथनका रुपमा सूचीकृत गराउन पहल गर्ने बताए।
'राष्ट्रका लागि खेल र स्वास्थ्यका लागि खेल' भन्ने मान्यतालाई आत्मसाथ गर्दै खेल क्षेत्रको विकासका लागि मन्त्रालयले नयाँ योजना तथा निति तय गरेको मन्त्री गहतराजले बताए।
म्याराथनमा सहभागी हुन नेपालगञ्ज पुगेका अभिनेता राजेश हमालले नेपालगञ्ज खेलकुदको सहर भएको बताए। विगतमासमेत विभिन्न प्रयोजनमा नेपालगञ्ज पुगे पनि यस पटक विशेष समारोहमा सहभागी हुन आएको भन्दै हमालले खुसी व्यक्त गरे।
स्वास्थ्यसँग सम्बन्धित नेपालगञ्ज म्याराथनलाई अन्तराष्ट्रियस्तरमै स्थापित गराउनुपर्नेमा हमालले जोड दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।