• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

प्रहरीमा ‘पावरफुल’ लेखापालहरु जसले ५ महिनादेखि सरुवा नै रोकिरहेछन्

64x64
नारायण अधिकारी आइतबार, मंसिर ५, २०७८  ०८:५८
1140x725

काठमाडौं– प्रहरी प्रधान कार्यालयले हरेक वर्ष असार मसान्तमा लेखापालहरुको सरुवा गर्दै आएको छ। दुई वर्ष अवधि पुगेका लेखापालको असार मसान्तमा सरुवा गर्ने मापदण्ड भए पनि यो वर्ष भने मंसिरको पहिलो साता बितिसक्दा समेत लेखापालहरुको सरुवा हुनसकेको छैन । 

प्रहरी कार्यालयका लागि आवश्यक पर्ने एक वर्षको बजेट सुरुमै निकासा हुने गर्छ। एकमुष्ट रकम आउने बजेट चलाउन पाउने भएकाले ठूला बजेट आउने कार्यालयमा सरुवा हुन लेखापालहरुबीच अस्वस्थ प्रतिस्पर्धा हुँदै आएको छ। यस्तै प्रतिस्पर्धाका कारण सरुवाको मिति नाघेको पाँच महिना बितिसक्दा पनि लेखापालहरुको सरुवा हुन सकेको छैन।

नेपाल प्रहरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त कुँवर भन्छन्, ‘सरुवालाई थप व्यवस्थित गर्ने भन्दै कार्यविधि बनाएर पठाएका छौं। मन्त्रालयबाट उक्त कार्यविधि पास भएर आएपछि सरुवा निस्कन्छ।’

गृह मन्त्रालयले भने लेखापालको सरुवा आफ्ना कारण रोकिएको भन्ने विषय अस्वीकार गर्दै आएको छ। मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पाखरेल भन्छन्, ‘एसपीसम्मको सरुवाको अधिकार प्रहरी प्रधान कार्यालयलाई नै भएकाले लेखापाल (सई/असई/इन्स्पेक्टर)को सरुवाको विषय पनि प्रहरी प्रधान कार्यालयले नै हेर्ने हो।’

प्रहरी प्रधान कार्यालय गृह मन्त्रालयलाई देखाएर पन्छिने र गृह मन्त्रालय भने आफूलाई जानकारी नै नभएको भनेर उम्कन खोज्दा पाँच महिनासम्म लेखापालको सरुवा हुन सकेको छैन। जबकी हरेक हप्ताजसो प्रहरी प्रधान कार्यालयले इन्स्पेक्टरदेखि एसपीको काज सरुवा निकाल्दै आएको छ। तर, सरुवा गर्नुपर्ने प्रावधान नै भए पनि पाँच महिना बित्दा पनि लेखापालको सरुवा हुन सकेको छैन।

स्रोतका अनुसार अहिलेसम्म सरुवा रोकिनुको मुख्य कारण भने ठूलो बजेट भएको कार्यालयमा सरुवा भएर जान लेखापालहरुले विभिन्न शक्तिकेन्द्रमार्फत तीव्र लबिइङ गर्नु रहेको छ। आकर्षक ठाउँमा सरुवा भएर जान शक्तिकेन्द्रमार्फत लबिइङ तिव्र पारेपछि प्रहरी प्रधान कार्यालयले लेखापालको सरुवा गर्न सकेको छैन। ‘सबैलाई बढी बजेट हुने ठाउँ चाहिएको छ। भनेको ठाउँ नभए दबाब दिएर सरुवा नै रोक्न सक्ने हैसियत लेखापालले राख्छन्’, स्रोत भन्छ।

सरुवा नहुँदा ट्राफिकलाई हैरान
अघिल्ला आर्थिक वर्षहरुसम्म ट्राफिक प्रहरीको तलव-भत्ता जिल्ला प्रहरी कार्यालयमार्फत् खुवाउने गरिएको थियो। यो वर्ष भने प्रहरी प्रधान कार्यालयले जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) हुने जिल्लाहरुलाई भने स्वायत्त बनाउँदै जिल्ला ट्राफिक प्रहरी कार्यालयमार्फत नै तलव-भत्ता दिइने व्यवस्था मिलाएको थियो।

जसअनुसार इन्स्पेक्टर ट्राफिक प्रमुख हुने जिल्लाहरुले यो पटकबाट ट्राफिक कार्यालयमै लेखापाल राखेर तलव-भत्ता खुवाउने व्यवस्था समेत गरिएको थियो। तर, यस आर्थिक वर्षको ५ महिना बितिसक्दा समेत प्रहरी प्रधान कार्यालयले इन्स्पेक्टर जिल्ला ट्राफिक प्रमुख हुने जिल्लाहरुमा लेखापाल नपठाउँदा समस्या आएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

जिल्ला ट्राफिक कार्यालयमा बजेट आउने तर लेखापाल नआउँदा समस्या भएको छ। बजेट आए पनि लेखापाल नहुँदा समस्या भएपछि जिल्लास्थित कोष तथा लेखा नियन्त्रण कार्यालय (कोलेनिका)को स्वीकृत लिएर जिल्ला प्रहरी कार्यालय (जिप्रका)मा कार्यरत लेखापालहरुबाट तलव-भत्ता खुवाउने गरिएको पूर्वी तराईको एक जिल्लाका ट्राफिक प्रहरी प्रमुखले नेपाल लाइभलाई बताए।

उनी भन्छन्, ‘ट्राफिकलाई स्वायत्त बनाउने भन्दै बजेट त आयो तर लेखापाल आएन। तलव-भत्ता खुवाउनै समस्या भएपछि अधिकांश ट्राफिक कार्यालयले अहिले कोलेनिकाको स्वीकृती लिएर जिप्रकामा कार्यरत लेखापालमार्फत तलव-भत्ता खुवाउने व्यवस्था मिलाइएको छ।’

लेखापाल सरुवा नुहँदा अहिले इन्स्पेक्टर ट्राफिक प्रमुख हुने अधिकांश जिल्लाका लेखापालहरुले दुई ठाउँको बजेट चलाउँदै आएका छन्। 

तालिमदेखि सरुवासम्म ‘पावर’
लेखापालको सरुवा मात्रै होइन, लेखापाल बन्न लिनुपर्ने तालिममा समेत 'मोलाहिजा' हुँदै आएको छ। ‘पावर’ र पहुँचविना जोकोहीले लेखापालको तालिम नै लिन नसक्ने अवस्था नेपाल प्रहरीमा छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

तालिम प्रवेशदेखि नै सरुवासम्ममा आकर्षक जिल्लामा जानका लागि पैसा र पहुँचको प्रयोग बढी हुन थालेको भन्दै उपेन्द्रकान्त अर्याल आईजीपी हुँदा नेपाल प्रहरीको पोलिसी कोअर्डिनेसन कमिटी (पीसीसी)बाट सुरुमा आठ वर्षे  नीति ल्याइएको थियो। 

आठ वर्षसम्म लेखापालमा रहने व्यवस्थालाई पछि ६ वर्षमा झारिएको थियो। अहिले एक पटक तालिम गरेर जिम्मेवारी सम्हाल्न थालेको ६ वर्षसम्म मात्रै लेखामा राख्न सक्ने व्यवस्था बनाइएको छ। असईदेखि इन्स्पेक्टरसम्मका दर्जाहरु लेखापाल बन्नसक्ने व्यवस्था छ। सानो/ठूलो कार्यालयअनुसार असईदेखि इन्स्पेक्टरसम्म लेखापाल हुने गर्छन् । 

एक प्रहरी कार्यालयका लागि वर्षभरिमा चाहिने बजेट एकमुष्ट आउने भएकाले प्रहरीमा लेखापाल निकै आकर्षक मानिन्छ। विभिन्न विभिन्न भ्रमण तथा दैनिक भ्रमणभत्ता, रासनभत्ता, तलबलगायतका लागि आएका बजेट खर्च लेखापालमार्फत् नै हुने भएपछि लेखापालको तालिम गर्नसमेत चलखेल हुँदै आएको प्रहरी अधिकारी स्वयम स्वीकार्छन्। 

बढीबाट कम बजेट हुने कार्यालय ‘क’, ‘ख’, ‘ग’, ‘घ’ गरी छुट्याइएको छ। ‘क’ र ‘ख’ अन्तर्गतको कार्यालयमा बसिसकेको लेखापाललाई पुन दोहोर्‍याएर ‘क’, ‘ख’ मा नराख्ने, ‘ग’ र ‘घ’ मा सरुवा गर्ने कार्याविधि छ। तर सबैजसो लेखापालहरु ‘क’, ‘ख’ मै सरुवा हुन शक्तिकेन्द्रमार्फत तिव्र दबाब दिँदै आउँदा लेखापालको सरुवा शक्तिेकन्द्रको कोपभाजनमा पर्दैै आएको छ।

यसअघि पनि लेखापाल सरुवामा पहुँचवालाको बोलवाला चल्दै आएको हो। शान्ति मिसनमा जानेलाई पनि लेखा सरुवा नगर्ने नीति छ। २०७६ साउनको पहिलो साता काठमाडौं परिसरको लेखापालमा पुनम चन्द, महानगरीय ट्राफिक प्रहरी महाशाखामा निरु सुवेदी, पेट्रोल पम्पमा उर्मिला रानाभाट, सीआइबीमा सीताकुमारी सिंह सरुवा भएका थिए। त्यसबेला मिशनमा छानिएका उनीहरु पहुँचको भरमा नीति विपरित लेखापालमा सरुवा भएका थिए। 
यो पटक पनि यसैगरी नीति विपरित लेखापाल बन्ने दाउमा शक्तिकेन्द्रमार्फत दबाब दिनेको भीड बाक्लो रहेको प्रहरी स्रोत बताउँछ। 

प्रकाशित मिति: आइतबार, मंसिर ५, २०७८  ०८:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु भएको छ । बाफिकोट गाउँपालिका–२ स्वाराका बलबहादुर नाथका ६... शनिबार, कात्तिक ७, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु जिल्ला प्रशासन कार्यालय बझाङ, गृह मन्त्रालयलगायतका निकायमा पहल गरी हेलिकोप्टरको उडानको तयारी हुँदाहुँदै उनको मृत्यु भइसकेको थियो । शुक्रबार, कात्तिक ६, २०८३
एमाले कार्यालय असुरक्षित भएको भनिएको घट्ना के हो ? २४ सै घण्टा पहरा दिने प्रहरी हटाइएपछि एमालेले कार्यालय असुरक्षित हुनबाट जोगाउन नयाँ सुरक्षा व्यवस्था अपनाएको छ । बिहीबार, कात्तिक ५, २०८३
ताजा समाचारसबै
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध शनिबार, कात्तिक ७, २०८३
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु शनिबार, कात्तिक ७, २०८३
कस्तो छ आजको मौसम? शनिबार, कात्तिक ७, २०८३
ट्रम्पको चेतावनी : इरानमाथि फेरि सैन्य आक्रमण हुन सक्छ शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
भारत भ्रमणले राजनीतिक सरगर्मी बढाएसँगै रविको स्पष्टोक्ति– जेलमा रहँदाको भाकल पूरा गर्न जाँदैछु शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्