काठमाडौं- नेपाल सितोरियो कराते डो संघ, ठमेल शाखा डोजोले शारीरिक सुगठनका सानु गुरुङ तथा करातेका मन्डेकाजी श्रेष्ठ र मुकुन्द्र महर्जनलाई शुक्रबार सम्मान गरेको छ।
ठमेल शाखा डोजोको आयोजनामा भइरहेको सातौं जुनियर कराते प्रतियोगिताको उद्घाटनका अवसरमा उनीहरुलाई सम्मान गरिएको हो।
काठमाडौं महागरपालिकाका मेयर विद्यासुन्दर शाक्य र डोजो प्रमुख सन्तोष श्रेष्ठले उनीहरुलाई प्रशंसा पत्र प्रदान गरी एक कार्यक्रमबीच सम्मान गरे।
शनिबारसम्म चल्ने प्रतियोगितामा नेपालका ३ सय २५ र भारतका ५५ खेलाडी सहभागी छन्।
पुरुष/महिलामा समान १०–१० गरी २० स्पर्धामा लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा प्रतिस्पर्धा भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।