१) सर्वोच्च अदालतमा मुद्दाको पेसी तोक्न गोलाप्रथा प्रणाली लागू गर्ने पूर्ण बैठकको निर्णय, राजपत्रमा सूचना प्रकाशित भएपछि न्यायाधीशहरुले मुद्दा हेर्ने समझदारी, 'विद्रोही’ न्यायाधीशहरू इजलास फर्किने। (सर्वोच्चमा 'गोलाप्रथा’ लागू हुने)
२) प्रधानन्यायाधीशले राजीनामा नदिइ आन्दोलन नरोकिने नेपाल बार एसोसिएसनको अडान कायमै, कानुन व्यवसायीमाथिको आक्रमणबारे छानबिन नभए मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्ने चेतावनी । (बार एसोसिएसनको अडान कायमै)
३) नेपालसँग सहकार्य गर्न अमेरिका सधैं तयार रहेको अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुको भनाइ, कोभिड–१९ विरुद्धको फाइजर खोप ढुक्कसँग लगाउन आग्रह । (अमेरिकी सहायक विदेशमन्त्रीको आग्रह)
४) वायु प्रदूषणका कारण दिल्लीका विद्यालय तथा कलेज अनिश्चित कालका लागि बन्द, यातायात र सुरक्षा सम्बन्धी बाहेकका निर्माण कार्यलाई नोभेम्बर २१ सम्म प्रतिबन्ध । (चीन बन्यो सबैभन्दा धनी देश)
५) र, साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपका लागि नेपालले आइतबारबाट टिमको प्रशिक्षण सुरु गर्ने, प्रतियोगिता डिसेम्बर ११ देखि २२ तारिखसम्म ढाकामा आयोजना हुने । (नेपाली टिमको बन्दसत्र आइतबारबाट)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।