काठमाडौं- नेपालका आयुशमान हजुर घले र सक्षमविक्रम शाहको जोडीले काठमाडौं-एसियन यु–१४ र्याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– १ को ब्वाइज डबल्समा बिहीबार स्वर्ण जितेका छन्।
सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा आयुश र सक्षमको जोडीले नेपालका राजवीर प्रधान र दर्शिल श्रेष्ठको जोडीलाई ६–४, ४–६ र १०–६ को सेटमा पराजित गरे।
नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको गल्र्स सिंगल्समा नेपालकी प्रशंसा मोक्तानले नेपालकी इभा अधिकारीलाई ६–१ र ६–१ को सोझो सेटमा हराउदै फाइनलमा प्रवेश गरिन्। फाइनलमा प्रशंसाको भेट सुनिरा थापासंग हुने छ। सुनिराले बुधबार नै फाइनलमा स्थान पक्का गरेकी थिइन्।
ब्वाइज सिंगल्समा भारतका सिद्धार्थ जिबु र नेपालका सक्षमविक्रम शाहले फाइनल भिडन्त निश्चित गरे।
सिद्धार्थले नेपालका दर्शिल श्रेष्ठलाई ३–६, ६–१ र ७–५ तथा सक्षमले नेपालका आयुशमान हजुर घलेलाई ४–६, ६–३ र ६–४ को सेटमा पाखा लगाए। ब्वाइज र गल्र्स सिंगल्सको फाइनल शुक्रबार हुने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।