१) अदालतलाई लडाइँको थलो बनाउन नहुने एमाले अध्यक्ष ओलीको प्रतिक्रिया, जनताको मुद्दा रोकेर न्यायाधीशहरुले पारिश्रमिक लिएको आरोप, सर्वोच्चको समस्या छिट्टै अदालतबाटै समाधान हुने प्रचण्डको दाबी । (अदालत विवादमा शीर्ष नेताको टिप्पणी)
२) १२ घण्टा नपुग्दै भाँडियो शशांक कोइरालाले शेखर कोइरालालाई सभापतिमा सघाउने ‘सहमति’, शेखरलाई सघाउने प्रतिवद्धतासहित बुधबार बिहान गर्ने भनिएको पत्रकार सम्मेलन रोकियो । (भाँडियो ‘सहमति’)
३) प्रधानन्यायाधीश राणाले गरेका विवादित फैसलाबारे बारले अध्ययन गर्ने अध्यक्ष श्रेष्ठको भनाइ, प्रधानन्यायाधीशविरुद्ध महाभियोग दर्ता गर्न राजनीतिक दललाई शम्भु थापाको अपिल । (राणाविरुद्ध चर्किँदै आन्दोलन)
४) अमेरिकालाई पछि पार्दै चीन बन्यो विश्वको सबैभन्दा धनी देश, सम्पत्ति दुई दशकमा १६ गुणाले वृद्धि, विश्वको सम्पत्ति ३ गुणा बढ्यो, चीनको हिस्सेदारी एक तिहाई । (चीन बन्यो सबैभन्दा धनी देश)
५) र, कतारमा हुने फिफा विश्वकप २०२२ खेल्ने १३ टोलीको टुङ्गो लाग्यो, १९ टिमको टुंगो लाग्न बाँकी, इटाली ‘प्ले अफ’मा, उरुग्वेलाई संकट । (उरुग्वेलाई संकट)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।