• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

अर्को प्रधानन्यायाधीश नियुक्त नहुँदासम्म बहसमा जाँदैनौं

शम्भु थापा  बुधबार, मंसिर १, २०७८  २०:०९
1140x725

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलन सुरु भएको तीन हप्ता बितिसकेको छ। हामी प्रधानन्यायाधीश विरुद्ध मात्र होइन, न्यायालय शुद्धीकरणको अभियानमा छौं। न्यायमा किबनेच र बिचौलियालाई संरक्षण गरेका कारण नेपाल बार एसोसिएनस र समग्र कानुन व्यवसायीहरू  आन्दोलनमा उत्रिनु परेको छ। 

प्रधानन्यायाधीशको सिट खाली भइसकेको छ। यसमा कसरी नियुक्ति गर्ने, अब सरकार, प्रतिपक्ष र संवैधानिक परिषद्को जिम्मेवारी हो। हामी राम्रो प्रधानन्यायाधीश नियुक्तिका लागि कराइरहेका छौं। नेपाल बारले प्रधानन्यायाधीश भ्रष्टाचारमा डुबेका छन् भनेको छ। यो लुकेको कुरा होइन। केही न्यायकर्मीहरू इजलासमा फर्केको वा प्रधानन्यायाधीशको साथमा भएको कुरा आएको छ। तपाईंहरू तीन वा पाँच जना कति हुनुहुन्छ एउटा कुरा सोध्दिनू– प्रधानन्यायाधीशज्यू, तपाईंले घुस खानु भएको छ कि छैन? शुक्रबारसम्म फुलकोर्ट बस्ने कुरा छ। बाहिर घुस खानु भएको आरोप छ। अझ प्रष्ट रुपमा भनुँ, शम्भु थापाले घुस खानुभयो भन्ने आरोप लगाएको छ। यो साँचो हो कि होइन? भनेर सोध्दिनुस्।

फुलकोर्टमा बस्दा तपाईंहरूले प्रधानन्यायाधीशलाई सोध्नुस्, घुस खानु भएको हो कि हैन? खान्न भन्नु भयो भने हामीसँग आउनुस्। यदि खान्छु भन्नु हुन्छ भने घुस खाने प्रधानन्यायाधीशसँग बस्ने तपाईं न्यायाधीशहरू पनि दूषीत हो। 

हिजो पाँच दलको सत्ता गठबन्धनको बैठक बसेको थियो। किन अर्को प्रधानन्यायाधीश सिफारिस गर्नु भएन मलाई थाहा छैन। संसदमा अब कागज दर्ता गर्नुपर्छ। भ्रष्टाचारसहितको कागज दर्ता गर्नुपर्छ। अर्थात् महाभियोग दर्ता गर्नुपर्छ। मसँग सल्लाह भएको छैन, नत्र म यही सल्लाह दिन्थेँ। इजलास जाने न्यायाधीशलाई चुनौती भयो– फैसला गरेर देखाउनुस्। बार पहिला जन्मेको हो। संसद्मा अब महाभियोग दर्ता गर्नु पर्छ। 

पाँच दलको गठबन्धन बैठक बसेछ। अब महाभियोग दर्ता गर्न अघि बढ्नुस्। भ्रष्टाचारको प्रमाणसहित दर्ता गर्नुस्। पदच्युत भएको प्रधानन्यायाधीशज्यू, हामीले बोल्ने भनेको जनताका लागि बोल्ने हो। हामीले बहस नगरी फैसला गर्न मिल्दैन। सर्वाेच्चका न्यायाधीशहरू न्यायको खरिद बिक्री गर्ने, भाइ भारदारलाई धनी बनाउने अनि अरु न्यायाधीशले गरेको फैसला मैले गरेको भनेर राजनीतिक नियुक्ति लिनु भएको कुरा उठाउनुस्। हाम्रो वकिल, बिचौलियाका कुरा न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदनमा लेखिएकै छ। 

‘करप्सन इज क्यान्सर अफ सोसाइटी।’ अर्काे प्रधानन्यायाधीश आउनुस्, सबै भ्रष्टाचार छानबिन गरौं। बारका अध्यक्ष वा पूर्वअध्यक्ष सबैमाथि छानबिन गरौं। कहिले सडकमा केही मानिस लिएर देखा पर्छन्, कहिले के लेखेर देखा परेका छन्। चोलेन्द्र शमशेरको अलि अलि पैसा भएसम्म चिलाउँछन्–कन्याउँछन्। रञ्जन कोइराला बाहेक कुन कुन मुद्दामा प्रधानन्यायाधीशले पैसा खानुभयो, म भन्छु। अहिले फैसला गर्छु भनेर पैसा लिएका पनि सय जनाको नाम दिन्छु। हामी पनि मार्टिन लुथर किङ झै ड्रिम लिएर आएका छौं। यो स्वच्छ न्यायालय बनाउने ड्रिम हो। हिजो विवादित रुपमा नियुक्त भएका २ जना संवैधानिक निकायका पदाधिकारीले बचाउमा विज्ञप्ति जारी गर्नुभयो। म त उहाँहरूलाई संवैधानिक पदाधिकारी नै भन्दिनँ। अवैध गर्भबाट जन्मेको सन्तान झैं हो उहाँहरू। 

यसरी असंवैधानिक रुपमा नियुक्त भएका तपाईंहरूले हामीलाई सिकाउने? तपाईंहरू नै अवैध सन्तान हुनुहुन्छ। तपाईंहरूले भ्रष्ट प्रधानन्यायाधीशको बचाउमा कम्तीमा बार र हामीलाई नसिकाउनुस्। यही विवादमा जब सुनुवाइ हुन लाग्छ, अनि चोलेन्द्र शमशेर आफैंले मुद्दा हाल्न लगाउँछन्। यहाँ दुर्गन्ध बाहेक केही छैन। बारले गरेको आन्दोलन यो सामान्य धर्ना मात्र हो। यो आन्दोलन हैन। हामी सडकमा आउन परे सडकभरि उत्रन सक्छौं। 

२०६२/६३को जनआन्दोलनमा हामीले देखाइदिएकै हौं। सडकभरि मानिस आउँदाका दिनमा चोलेन्द्रहरू कता जाने हुन् हेर्नुहोला। प्रधानन्यायाधीश कस्तो भन्दा फौजदारी मुद्दामा जन्मकैद ठहर गर्दै साढे ८ वर्ष सजाय हुन्छ भनेर सुनाउने! यस्तो पनि प्रधान्यायाधीश हुन्छ? तपाईंहरू कुनैले यस्तो भन्न सक्नुहुन्छ? कुन चाहिँ फौजदारी अपराध संहितामा यस्तो सजाय हुने लेखेको छ? कुन कानुन हेरेर यो फैसला भयो? 

Ncell 2
Ncell 2
nimb
nimb

हामीले मात्र होइन, सर्वोच्च अदालतले नै गठन गरेको न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदनमा सबै कुरामा प्रधानन्यायाधीशले पैसा खान्छ भनेर भनेको छ। चोलेन्द्र शमशेरले न्यायाधीशहरूको सरुवा गरेर पनि पैसा खानु भएको छ। न्याय परिषदका सदस्यलाई खबरदार! अब कुनै पनि नियुक्ति बारलाई नसोधी नहोस्। रामप्रसाद सिटौला र रामप्रसाद श्रेष्ठ बारबाटै त्यहाँ जानु भएको हो। उहाँहरूलाई मेरो यहीँबाट खबरदारी छ। 

हिजो बारले विज्ञप्ति निकालेर नै यसको खबरदारी गरेको छ। विश्वका कुनै पनि न्यायप्रणाली र अदालतमा प्रधानन्यायाधीशले फाइदाका लागि फैसला गर्दैन। प्रधानन्यायाधीश राणाले त आफ्नो फाइदाका लागि फैसला गर्छु भन्नू भएछ। उहाँले प्रतिनिधि सभा विघटनमा अरु न्यायाधीशले गरेको फैसला देखाएर मैले यति गरेँ, मलाई पनि मन्त्रीको कोटा देऊ भनेर लिनुभयो। संवैधानिक अंगमा पनि यसैगरी केपी शर्मा ओलीसँग मिलेर नियुक्तिमा कोटा लिनु भयो।  

न्यायालयको शुद्वीकरण अब अघि बढ्यो। यो रोकिदैन। चोलेन्द्र शमशेर जबराज्यू, तपाईं भष्मासुर हुनु भयो। निर्माण व्यवसायीको मुद्दा नै ठेक्का लिएका हामीले सूचना पाएका छौं। खवरदार! ठेकेदारको पक्षमा फैसला गर्न र परिवारको नाममा सम्पत्ति जम्मा गर्न प्रधानन्यायाधीश बनाएका हैनौं। हामीले आन्दोलन सुरु गरेपछि प्रधानन्यायाधीशले कसलाई सोधेर वा कसको इच्छामा सुनुवाइ बन्द गर्नु भयो? तपाईंले इजलास किन बन्द गर्नु भयो? हामीले त बन्द गरेका थिएनौं।

न्यायाधीश समाजले प्रधानन्यायाधीशलाई महाभियोग लगाउन आधार पुगेको भनेका छन्। न्यायाधीशका पनि न्यायाधीश भनेको पूर्वन्यायाधीश र पूर्वन्यायाधीश समाज हो। त्यसका अध्यक्ष टोपबहादुर सिंह सबैका गुरु हुन्। मेरो पनि। चोलेन्द्र शमशेरका पनि। उहाँ न्यायाधीशका पनि न्यायाधीश हो। उहाँले त प्रधानन्यायाधीशमाथि महाभियोग लगाउन भन्नु भएको छ। अब कसले भन्न पर्‍यो? 

पाँच दललाई हाम्रो अनुरोध छ, चोलेन्द्र शमशेरलाई अब महाभियोग लगाउनुस्। प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनको फैसला गर्ने पाँच न्यायाधीशलाई हटाउनुपर्ने भन्नु भएको रहेछ। म उहाँलाई चुनौती दिन चाहान्छु– परमादेश जारी गर्ने न्यायाधीशहरूले कहाँ घुस खानु भयो? तपाईं भन्न सक्नुहुन्छ? हाम्रो अभियान नाता-गोतामा र भ्रष्टाचारमा लिप्त प्रधानन्यायाधीशविरुद्ध हो। माननीय न्यायाधीशद्वय कुमार रेग्मी र मनोज शर्मा विद्वान हुनुहुन्छ। उहाँहरू बारको प्रतिनिधि पनि हो। कानुन व्यवसायीको लाइसेन्सकै आधारमा न्यायाधीश हुनु भएका तपाईंहरू यो बारबाट गएको हो कि अन्यत्रै रेष्टुरेन्ट बारबाट जानु भएको हो? तपाईंहरूका प्रधानन्यायाधीश घुसमा चुर्लुम्म डुब्दा घुस खाँदैन भनेर यहाँ आएर भन्नुस्। सक्नुहुन्छ? 

तपाईंहरू उहाँको बचाउमा कसरी इजलासमा जान सक्नुहुन्छ? मेरो प्रश्न छ– यसको जवाफ दिन मेरो चुनौती पनि हो। यहाँ केही आरोप पनि लागेको छ। न्यायाधीश हुन नपाएकोदेखि अन्य आरोप आन्दोलनकारीमाथि लगाइएको छ। यो नियोजित आरोप हो। यदि कसैले ममाथि आरोप लगाउनु भएको हो भने म चुनौती दिन चाहान्छु– मलाई न्यायाधीश वा अन्य सुविधा चाहिएको छैन। त्यसको लोभी पनि छैन। कतै लोभ गरेको प्रमाण भए देखाउनुस्।

यस्तै अवस्था रहने हो भने हामी बारको विशेष साधारण सभा बोलाउन सक्छौं। यसले जे पनि गर्न सक्छ। सँधैभरि मुद्दामा बहस नगर पनि भन्न सक्छ। यी प्रधानन्यायाधीश हुदाँसम्म बहस नै नगर्ने भन्ने पनि हुनसक्छ। म सेवाग्राहीहरूलाई पनि अनुरोध गर्दछु, हतास नहुनस्। हामी घुस खाएर फैसला नहोस् भनेर आन्दोलनमा छौं। तपाईंहरूले घुस बुझाएर फैसला गराउन नपरोस् भनेर आन्दोलनमा छौं।  

अर्काे प्रधानन्यायाधीश नियुक्त नहुँदासम्म हामी बहसमा नजान तयार छौं। अर्को प्रधानन्यायाधीश यस्तो होस्, जसले परिवारका नाममा सम्पत्ति जम्मा गर्ने र न्यायालयलाई देखाएर बार्गेनिङ नगरोस्। न्याय माग्न आउनेलाई न्याय दिइयोस्। तर, अहिले नै बीचमा फर्केर इजलासमा बसेका न्यायाधीशहरूलाई मेरो चुनौती छ–  फैसला गरेर देखाउनुस्। हामी यसरी हुने कार्यलाई भविष्यमा अयोग्य बनाउन सक्छौं। तपाईंहरू कुन नैतिकताले इजलासमा यसरी भ्रष्टाचारको आरोप लागेका प्रधानन्यायाधीशले तोकेको मुद्दा सुनुवाइ गरि फैसला गर्नुहुन्छ? हामी पनि यहाँबाट हेर्छौं।

कानुन व्यवसायी भनेका सार्वभौम जनताका प्रतिनिधि हुन्। जनताका प्रतिनिधि नभई कसरी न्यायाधीशहरूले फैसला गर्नुहुन्छ? हामी पनि हेर्छौ। बारले तपाईंहरूले विगतमा गरेका फैसलाहरू पनि हेरेको छ। तपाईंहरूले सम्पादन गरेको न्याय पनि अनुभव गरेको छ। बारले भ्रष्टाचारीको पछि लागेर बहस गर्दैन। हामी गणतन्त्रवादी नेपाली हौं। गणतन्त्र भनेको शक्तिको विभाजन हो। न्यायको शक्ति वकिल र न्यायाधीश हो। त्यसैले वकिल मात्र नभएको एउटा फैसला गरेर देखानुस्। पहिला न्यायाधीश हैन वकिल जन्मेको हो। न्यायका लागि वकिलले बहस गर्न जरुरी छ। बहस नै नगरी फैसला हुनै सक्दैन। 

(वरिष्ठ अधिवक्ता थापाले बुधबार प्रधानन्यायाधीशको विरोधमा आयोजित धर्नापछिको सभामा गरेको सम्बोधनको अंश)

प्रकाशित मिति: बुधबार, मंसिर १, २०७८  २०:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
बाढीले घरबार खोस्यो, सरकारले राहतसमेत दिएन : सांसद पराजुली
राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन पेस
जलविद्युत् आयोजना बन्द भएपछि हिउँदको विद्युत् आपूर्तिमा चासो, प्राधिकरणले बनायो समिति
सम्बन्धित सामग्री
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
ताजा समाचारसबै
बाढीले घरबार खोस्यो, सरकारले राहतसमेत दिएन : सांसद पराजुली बुधबार, असोज ७, २०८३
राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन पेस बुधबार, असोज ७, २०८३
जलविद्युत् आयोजना बन्द भएपछि हिउँदको विद्युत् आपूर्तिमा चासो, प्राधिकरणले बनायो समिति बुधबार, असोज ७, २०८३
राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता बुधबार, असोज ७, २०८३
‘वन्यजन्तु संरक्षणलाई प्रशासनिक सीमाभन्दा बाहिर लैजानुपर्छ’: मन्त्री चौधरी बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्