काठमाडौं- नेपालका निश्चल कायश्थले काठमाडौं/एसियन यु-१४ र्याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट-१ को ब्वाइज सिंगल्समा मंगलबार सफलता हात पारेका छन्।
सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा निश्चलले निशाद जोशीलाई ६-३ र ६-२ को सोझो सेटमा पराजित गरे। सो स्पर्धामा आयुशमान हजुर घलेले श्लोककेशर खड्कालाई ६-० र ६-१, दर्शिल श्रेष्ठले आद्रित नेपाललाई ६-० र ६-१ तथा भारतका अमिर मुहम्मद मजारीले नेपालका श्रृजन भट्टराईलाई ६-० र ६-१ को सीधा सेटमा हराए।
नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको गर्ल्स सिंगल्समा इभा अधिकारीले प्राज्ना मानन्धरलाई ६-२ र ६-३, प्रशंसा मोक्तानले जेनी खड्कालाई ६-० र ६-०, शिभाली गुरुङले कृषा अधिकारीलाई ६-४ र ६-३ तथा सुनिरा थापाले आध्या पौडेललाई ६-२, ४-६ र ६-२ को सेटमा पाखा लगाए।
ब्वाइज डबल्समा बोरिस अधिकारी र निशाद जोशी तथा आयुशमान हजुर घले र सक्षमविक्रम शाहको जोडी विजयी भए। सोही स्पर्धाको गर्ल्समा प्रशंसा मोक्तान र सुनिरा थापा तथा जेनी खड्का र कर्मिस्था श्रेष्ठको जोडी विजयी भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।