काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले विधिसंगत पार्टी चलाउने कि नचलाउने भन्दै पुनः प्रश्न उठाएका छन्।
महाधिवेशनकेन्द्रित देश दौडाहामा रहेका सिंहले मंगलबार पोखराको कार्यक्रममा भने,‘१३औं महाधिवेशनपछि सभापति भएर शेरबहादुर देउवाजीले पार्टी चलाउन सक्नुभएको छ?’
परीक्षण भइसकेर असफल भएका नेतालाई जिताउन नहुने उनले कार्यकर्तासँग आग्रह गरे।
पार्टी र राज्य सत्ता आफ्नो हातमा छ भनेर सन्तुलन विगार्न नहुने सिंहको भनाइ छ। संविधानको कार्यान्वयन गर्ने जिम्मा कांग्रेसमा आइसकेको उनले बताए।
पार्टीमा भरपर्दो नेता भएन भने प्रजा परिषद्को हालतमा पुग्ने उनको चेतावनी छ। संस्थागत रुपमा अघि बढ्नका लागि आफ्नो पहल रहेको उल्लेख गर्दै सिंहले सभापतिमा उम्मेदवार दिने अडान दोहोर्याए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।