इलाम– आफ्नै दाइको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
सन्दकपुर गाउँपालिका–१ का ३५ वर्षीय इच्छा मुखियाको चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा उनकै भाइ ३० वर्षीय चक्र मुखियालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो।
काकाको घरमा मादक पदार्थ सेवन गरी बसिरहेको अवस्थामा सामान्य विवाद भएपछि चक्रले चक्कु प्रहार गर्दा इच्छाको घटनास्थलमै मृत्यु भएको थियो।
जिल्ला प्रहरी कार्यालय इलाम र प्रहरी चौकी बन्दुकेबाट खटिएको प्रहरीले चक्रलाई चक्कुसहित पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।