काठमाडौं- नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्तिले आगामी चुनावका लागि सहकार्य र पार्टी एकीकरण गर्ने सहमति गरेसँगै नेपाली कांग्रेसले आन्तरिक छलफल थालेको छ।
वाम एकताको प्रसंग, त्यसले राजनीतिमा पार्ने प्रभाव र आगामी निर्वाचनका विषयमा कुरा गर्न अहिले कांग्रेसको कार्यसम्पादन समितिको वैठक बसिरहेको छ। आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि बृहत् लोकतान्त्रिक मोर्चा गठन गरेर अघि बढ्ने विषयमा समेत निर्णय लिन बोलाइएको बैठक बालुवाटारमा जारी छ।
वामपन्थी गठबन्धन विरुद्ध निर्वाचनका लागि लोकतान्त्रिक मोर्चा गठनको विकल्प नरहेको आवाज उठेसँगै कांग्रेसको बैठक बसेको नेता डा. नारायण खड्काले बताए। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित सबै शीर्ष नेताहरु सहभागी छन्।
वाम एकतापछि सोमबार नै प्रधानमन्त्री देउवाले लोकतान्त्रिक मोर्चा निर्माणको कसरत थालेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।