काठमाडौं– नेपाली कांग्रेसले विदेशस्थित जनसम्पर्क समितिहरूलाई तत्काल अधिवेशनको मिति तोक्न निर्देशन दिएको छ।
आयरल्याण्ड, फ्रान्स, नेदरल्याण्ड, बेलायत, साइप्रस, पोर्चुगल र क्यानडाबाट प्राप्त क्रियाशील सदस्यताको नामलाई सूचीकृत गरिएको छ। केन्द्रीय समितिको बैठकले ती देशहरुमा तत्काल अधिवेशन गर्न निर्देशन दिएको छ।
अष्ट्रेलिया र डेनमार्कमा सदस्यता प्रदान गर्ने तथा नवीकरण गर्न छुट भएकालाई क्रियाशील सदस्यता उपलब्ध गराउने निर्णय गरिएको छ।
क्रियाशील सदस्यताको नामावली, सदस्यता शुल्क र सहयोग रकम (लेवी) विवरण एक साताभित्र पठाउन निर्देशन दिइएको छ। यूरोपस्थित अष्ट्रियामा जनसम्पर्क समितिको संगठन विस्तार गर्न स्विकृति दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।