काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गरेको नेपाल बन्दको आंशिक प्रभाव देखिएको छ।
काठमाडौँ उपत्यकामा भने बन्दको प्रभाव सामान्य देखिएको छ। पेट्रोलियम पदार्थसहितका दैनिक उपभोग्य वस्तुहरूमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न सरकारलाई जनदबाब दिने भन्दै नेकपालबन्द आह्वान गरेको हो।
पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा गरिएको बन्दका कारण सडकमा सार्वजनिक सवारी साधन चलेका छैनन् भने बसपार्कहरुबाट लामो दूरीका यातायातका साधनसमेत छुटेनन्।
मंगलबार बिहान सार्वजनिक सवारीहरू कम चले पनि निजी सवारी सडकमा निर्बाध गुडिरहेका छन्। चोक चोकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।