१) न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदन कार्यान्वयन गर्न तयार रहेको प्रधानन्यायाधीश राणाको भनाइ, प्रधानन्यायाधीशको अपिलमा विश्वास गर्न नसकिने बारको टिप्पणी, राजीनामा दिन आग्रह । (लम्बिदै न्यायालयको विवाद)
२) इन्धनको मूल्य वृद्धिको विरोधमा आन्दोलनमा रहेका विद्यार्थी संगठन र सरकारबीचको वार्ता असफल, घाटा खाएर इन्धनको मूल्य घटाउन नसकिने आयल निगमको प्रतिक्रिया । (वार्ता असफल)
३) रोजगारीका लागि दक्षिण कोरिया जानेहरूका लागि सन् २०२१ को भाषा परीक्षा पुस १ देखि हुने, कम्प्युटरमा आधारित परीक्षा पुस ७ गतेसम्म चल्ने । (ईपीएस भाषा परीक्षा पुस १ देखि)
४) वाइडेन र सीबीचको भर्चुअल बैठकमाथि विश्वको नजर, साइबर सुरक्षा, व्यापार र परमाणु अप्रसार जस्ता मुद्दामा चर्चा हुन सक्ने, ताइवानबारे पनि छलफलको सम्भावना । ( वाइडेन–सी बैठकमाथि विश्वको नजर)
५) र, खेलाडी वर्गीकरणको विषयमा असन्तुष्टि जनाएपछि कप्तान मल्लसहित चार खेलाडीसँग स्पष्टीकरण माग, संघलाई नै कमजोर बनाउने किसिमले आफूखुशी मिडियामा अभिव्यक्ति दिएको आरोप । (चार खेलाडीसँग स्पष्टीकरण माग)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।