काठमाडौं- काठमाडौं-एसियन यु–१४ र्याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– १ को गल्र्स सिंगल्समा नेपालकी प्राज्ना मानन्धरले सोमबार विजयी सुरुआत गरेकी छन्।
नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगितामा प्राज्नाले अमेरिकाकी नाला जोस्फिन मास्केलाई ६–४ र ६–१ को सोझो सेटमा पराजित गरिन्।
सोही स्पर्धाको अन्य खेलमा नेपालका समृद्धि महर्जन, प्रशंसा मोक्तान, जेनी खड्का, कृषा अधिकारी, शिभाली गुरुङ, आध्या पौडेल र सुनिरा थापाले पनि जितका साथ यात्रा प्रारम्भ गरेका छन्।
सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भइरहेको प्रतियोगिताको ब्वाइज सिंगल्समा नेपालका श्रृजन भट्टराई, निश्चल कायश्थ, आद्रित नेपाल, वृजेश अर्याल, स्लोककेशर खड्का, आयुशमान हजुर घले, सक्षमविक्रम शाह र भारतका सिद्धार्थ जिबुले आ–आफ्नो प्रतिद्वन्द्वीलाई हराए।
ब्वाइज डबल्समा नेपालका आयुशमान हजुर घले र सक्षमविक्रम शाह, नेपालका राजवीर प्रधान र दर्शिल श्रेष्ठ, भारतका अविर श्रीवास्तव र नेपालका वृजेश अर्याल तथा नेपालका श्रीयोग अधिकारी र निश्चल कायश्थको जोडीले सफलता पाए।
उक्त स्पर्धाको गल्र्समा नेपालका कृषा अधिकारी र नाला जोस्फिन मास्के, नेपालका समृद्धि महर्जन र आध्या पौडेल तथा नेपालका जेनी खड्का र कर्मिस्था श्रेष्ठको जोडीले जित आत्मासाथ गरे।
प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान र अमेरिकाका १७ ब्वाइज र १६ गल्र्स गरी ३३ खेलाडी सहभागी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।