झापा– गौरादह नगरपालिका–५ बस्ने ४६ वर्षीय मबेसिर हुसेन मियाँको धारिलो हतियार प्रहार गरी हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा गौरादह नगर्षीय महम्मद सद्दारपालिका-५ बस्ने ३१ वम, उनकी श्रीमती २८ वर्षीया सुमेरन खातुन, सोही ठाउँ बस्ने २६ वर्षीय महम्मद सुलेमान, उनकी श्रीमती २२ वर्षीया रुक्सार खातुन र सोही ठाउँ बस्ने ३८ वर्षीया कुर्समान खातुन रहेका छन्।
मबेसिर हुसेन कात्तिक ११ गते बिहानदेखि हराएको भन्ने खबर कात्तिक १४ गते प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली खटिएको थियो।
प्रहरीले कात्तिक २६ गते महम्मद सद्दामको घर तलासी लिने क्रममा उनको घर बाहिर रहेको सेप्टिक ट्यांकीभित्र कम्बलमा पोको पारेर फालिएको अवस्थामा उनको शव फेला परेको थियो।
थप अनुसन्धानको क्रममा व्यक्तिगत रिसिइबीको कारण मबेसिर हुसेनको हत्या गरेको खुल्न आएपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो। घटनामा प्रयोग भएको धारिलो हतियार दाउ, छुरी र घन, मार्तोललगायत बस्तुहरु समेत प्रहरीले बरामद गरेको छ।
उनीहरूमाथि कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत झापाबाट म्याद थप अनुमती प्राप्त गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।