• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

११ अफगानी नागरिक माथिको छानबिन अन्तिम चरणमा: डिपोर्ट गर्ने अध्यागमनको तयारी

64x64
नेपाल लाइभ आइतबार, कात्तिक २८, २०७८  २१:१०
1140x725

काठमाडौं– अफगानिस्तानबाट भारत हुँदै अवैध रुपमा नेपाल आइपुगेका ११ अफगानी नागरिक माथिको छानबिन अन्तिम चरणमा पुगेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेर अध्यागमनलाई बुझाएसँगै सुरु भएको छानबिन प्रक्रिया अन्तिम चरणमा पुगेको हो। 

अध्यागमन विभागका प्रवक्ता झंकनाथ ढकालका अनुसार उनीहरु कसरी नेपाल भित्रिए? भन्ने विषयमा कागजात केलाएर अनुसन्धान गरिएको छ। यस्तै, उनीहरुलाई नेपालसम्म ल्याउने कोही व्यक्ति भए÷नभएको लगायत विषयमा पनि छानबिन गरिएको ढकालले जानकारी दिए। 
‘छानबिन अन्तिम चरणमा पुगेको छ। उनीहरुका कागजातका पाटाहरु केलाउनेदेखि कसरी काठमाडौंसम्म आइपुगे भन्ने पाटाहरु हामीले केलाएका छौं। अबको केही दिनमै के गर्ने भन्ने विषय टुंगोमा लाग्छ,’ ढकालले नेपाल लाइभसँग भने। 

अध्यागमन स्रोतले भने उनीहरुलाई डिपोर्ट गर्ने तयारी भइरहेको बताएको छ। सोहीअनुसार कागजात तयार गर्ने काम समेत सुरु गरिएको अध्यागमन स्रोतले नेपाल लाइभलाई जानकारी दियो। 

‘उहाँहरुलाई अहिले नै शरणार्थी भन्न पनि मिल्दैन। सम्पूर्ण कागजात छ, भारतको भिषा समेत लगाएर भारत हुँदै नेपाल प्रवेश गरेको देखिन्छ। बिना अनुमति अध्यागमन कानुन उल्लघंन गरेर नेपाल प्रवेश गरकाले कानुन अनुसार नै डिपोर्ट गर्ने तयारी भएको छ,’ स्रोतले नेपाल लाइभलाई भन्यो।

अहिले नेपाल प्रवेश गरेका ११ अफगानी नागरिकलाई काठमाडौं राखिएको अवस्थामा भारतमा रहेका अन्य अफगानी समेत भित्रन सक्ने अध्यागमन कार्यालयका अधिकारीहरुको आशंका छ। त्यसैले जतिसक्दो छिटो उनीहरुलाई डिपार्ट गर्नुपर्ने निष्कर्षमा पुगिएको स्रोतको भनाइ छ। विभागले उनीहरुलाई डिपोर्ट गर्न भनेर गृह मन्त्रालयलाई समेत ब्रिफ गरेको जनाइएको छ। 

nimb
nimb
Ncell 2
Ncell 2

दिल्लीमा ३० हजार भन्दा बढी अफगानी नागरिक रहेको बताइन्छ। भारतबाट अफागनी नागरिक नेपाल प्रवेश गर्नसक्ने भन्दै गृह मन्त्रालयले सुरक्षा निकायलाई जाँचमा कडाइ निर्देशन दिइसकेको छ।

अवैध रुपमा काठमाडौं भित्रिएका ११ अफगानी नागरिकमध्ये ५ जना एकै परिवारका छन्। उनीहरु कात्तिक ३ गते भारतबाट रुपन्देहीको बेलहिया नाका हुँदै काठमाडौं आइपुगेको पाइएको छ। यसअघि नै असोज १२ गते ६ जना अफगानी काठमाडौं आइपुगेको पाइएको थियो। अवैध रुपमा अफगानी नागरिक काठमाडौं आइपुगेको भन्ने जानकारी पाएपछि उनीहरुलाई सीआईबीले कात्तिक ८ गते सिनामंगलस्थित फेसबुक होटलबाट पक्राउ गरेको थियो।

नेपाल प्रवेश गरेका उनीहरुलाई संयुक्त राष्ट्रसंघको नेपालस्थित उच्च आयुक्त (युएनएचसीआर) कार्यालयले अस्थायी कागजात बनाउने प्रक्रिया समेत सुरु गरेको छानबिनका क्रममा खुलेको छ।

पक्राउ परेकामध्ये ६ जनाको मेक्सिकोको भिसा रहेकाले उनीहरुकै अनुरोधमा कात्तिक १४ गते अध्यागमन विभागले मेक्सिको पठाएको थियो। 

श्रीलंकाको राजधानी कोलम्बो हुँदै एकै परिवारका ४१ वर्षीय मोहम्मद जामराई स्तानिकजाई, उनकी श्रमती ३८ वर्षीया नाजिफा, छोरीहरू १७ वर्षीया मिसबाह जैनाव र १२ वर्षीया नुरुल हाया र ८ वर्षीय छोरा मोहम्मद रायनलाई उनीहरूकै रोजाइमा मेक्सिको पठाइएको थियो। मेक्सिकोस्थित अध्यागमनले पाँचै जनालाई विमानस्थलबाटै फर्काइदिएको थियो। त्यसपछि उनीहरु पुनः काठमाडौं नै आइपुगेका थिए। फिर्ता भएका ५ सहित ३६ वर्षीय अमनुल्लाह मोहम्मदी, ३० वर्षीय अजमल सरिफ, २३ वर्षीय अकमल जाजाई, २४ वर्षीय रोमाल होतक, २१ वर्षीय हसन्नुल्लाह हस्हेमी र २६ वर्षीय इमरान वाली गरी ११ जना नै अहिले अध्यागमनको हिरासतमा छन्।

तालिबानले सत्ता कब्जा गर्नुभन्दा पहिला नै उनीहरु उपचारको बाहनामा राजधानी काबुलबाट हवाई मार्ग हुँदै दिल्ली पुगेका थिए। दिल्लीमा उनीहरुले नक्कली राशन कार्ड समेत बनाएको पाइएको थियो। 

प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७८  २१:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पुर्ख्यौली थलोमा पुनर्स्थापित हुन खोजिरहेका कश्मीरी पण्डितलाई फेरि धम्की, निगरानीमा रहेकाले फर्किनुअघि सोच्न चेतावनी
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न?
दोलखामा फिल्म सिटी : १५ वर्षदेखि अधुरै
सम्बन्धित सामग्री
भन्सार छली ल्याइएको ३४ लाखभन्दा बढीको सुर्तीजन्य पदार्थसहित एक जना पक्राउ काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार दक्षिणकाली नगरपालिका–५ फर्पिङ चेकप्वाइन्टमा खटिएको प्रहरीले सवारी जाँचका क्रममा बिलबिजकबिन... सोमबार, भदौ ८, २०८३
बालिका बलात्कारपछि हत्या घटना: आरोपी किशोरको बयानको भिडियो खिच्ने एक प्रहरी पक्राउ, अरु चार जनामाथि अनुसन्धान बाराकी बालिका गरिमा चौधरीको बालात्कारपछि हत्यामा संलग्न किशोरको बयानको भिडियो खिचेर सार्वजनिक गरेको अभियोगमा एक प्रहरी प्रकाउ परेका... सोमबार, भदौ ८, २०८३
१९९ केजी गाँजासहित टिपर चालक पक्राउ उदयपुरको कटारी नगरपालिका–४ स्थित मरुवा खोलाबाट प्रहरीले १९९.३२ केजी गाँजासहित एक टिपर र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ। सोमबार, भदौ ८, २०८३
ताजा समाचारसबै
पुर्ख्यौली थलोमा पुनर्स्थापित हुन खोजिरहेका कश्मीरी पण्डितलाई फेरि धम्की, निगरानीमा रहेकाले फर्किनुअघि सोच्न चेतावनी सोमबार, भदौ ८, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
दोलखामा फिल्म सिटी : १५ वर्षदेखि अधुरै सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
देउवा–खड्काको पूरक निवेदन मंगलबार मात्रै दर्ता हुने सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु आइतबार, भदौ ७, २०८३
सम्पत्तिको विवादले लियो दुई वर्षीया बालिकाको ज्यान, सौतेनी आमा पक्राउ आइतबार, भदौ ७, २०८३
सप्तरीमा हराएकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन् आइतबार, भदौ ७, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्