काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले खुला सहमहामन्त्री थप्नुपर्ने प्रस्ता गरेका छन्। कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको केन्द्रीय समिति बैठकमा उनले यस्तो माग गरेका हुन्।
भट्टराई बोल्दै गर्दा उनलाई रोकेर बोलेका देउवाले आफू ४/५ सहमहामन्त्री थप्न तयार रहेको बताए। तर, यसमा वरिष्ठ नेता रामचन्द्र पौडेलले नमानेको देउवाको आरोप छ।
खुला सहमहामन्त्री थप्ने विषयमा कांग्रेसमा बहस हुँदै आएपनि औपचारिक रूपमा कमिटीमा प्रवेश भएको हो। देउवा सकरात्मक भएपछि खुला सहमहामन्त्री थपिने लगभग निश्चित भएको छ।
उक्त निर्णय गराउन देउवाले फेरि केन्द्रीय समितिको बैठक बोलाउने प्रतिवद्धता जनाएका छन्। कांग्रेसमा अहिले क्लस्टरबाट आठ सहमहामन्त्री राख्ने व्यवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।