काठमाडौं- महानगरीय प्रहरी अपराध महाशाखाले १६ लाख रुपैयाँसहित एक हुण्डी कारोबारीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सप्तरीको मेलपुर गाउँपालिका–५ का २५ वर्षीय अमरनारायण दास छन्। १६ लाख २० हजार ९ सय रुपैयाँसहित उनलाई कालिमाटीबाट पक्राउ गरिएको महाशाखाले जनाएको छ।
कालिमाटीस्थित कालिमाटी तरकारी तथा फलफूल बजारमा हुण्डी कारोबार हुने गरेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।
पक्राउ परेका दासलाई कारबाहीका लागि राजस्व अनुसन्धान विभाग पठाइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।