विराटनगर– नगद १ लाख २५ हजार रुपैयाँसहित मोरङ प्रहरीले ६ जना 'जुवाडे'लाई पक्राउ गरेको छ।
विराटनगर महानगरपालिका वडा नम्बर १६ भट्टी मोड बस्ने लक्ष्मी लामाको घरमा तास खेली रहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको हो।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रानीबाट खटीएको प्रहरी टोलीले १ लाख २५ हजार ५०० रुपैयाँ नगदसहित ६ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका– १६ का ४८ वर्षीय पर्वत डंगोल, विराटनगर–१५ का ४३ वर्षीय बसन्त राई, २७ वर्षीय महादेव श्रेष्ठ छन्।
यस्तै, विराटनगर– १६ का ४८ वर्षीय उमेश दाहाल, विराटनगर–१४ का ३९ वर्षीय अनिल विक र विराटनगर–१३ का ५७ वर्षीय श्याम लामा पनि जुवा खालबाट पक्राउ परेका प्रहरीले जानकारी दिएको छ।
पक्राउ परेका व्यक्तिविरुद्ध जुवा ऐन २०२० को कसूरमा जिल्ला प्रशासन कार्यालय मोरङबाट ५ दिनको म्याद लिइ थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।