काठमाडौं– भारतको हैदारावादमा आयोजित (इन्डियन पुलिस सर्भिस) आईपीएस तालिममा नेपाल प्रहरीका तीन इन्स्पेक्टर पुरस्कृत भएका छन्।
पुरस्कृत हुनेहरुमा इन्स्पेक्टर अनिल थापा, किरण राउत र सिमोन धिताल छन्। थापा आउटडोरतर्फ द बिएसएफबाट, द जयपुर कपबाट राउत र धिताल पुरस्कृत भएका हुन्। उनीहरुलाई भारतीय सुरक्षा सल्लाहकार अजित डोभालले उक्त अवार्ड प्रदान गरेका छन्।
उनीहरुसँगै ५० हप्ता लामो उक्त तालिममा इन्स्पेक्टर सुभाष खतिवडा र होमनाथ रेग्मी पनि सहभागी थिए। तालिम सरदार बल्लभभाइ पटेल पुलिस एकेडेमी हैदारावादमा भएको थियो। उक्त तालिमको समापनमा भाग लिन प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री पनि हैदारावाद पुगेका थिए।
तालिममा नेपालसहित, भारत, भुटान र माल्दिभ्सका प्रहरी अधिकृत सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।