काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग गर्दै कानुन व्यवसायी सर्वोच्च अदालतको मूल गेटमा धर्नामा बसेका छन्।
प्रधानन्यायाधीश राणालाई सर्वोच्च प्रवेशमा रोक लगाउने भन्दै कानुन व्यवसायीहरु सर्वोच्च अदालतको मूल गेटमा धर्मामा बसेका छन्।
त्यसअघि प्रधानन्यायाधीश राणा पक्षधर र आन्दोलनरत कानुन व्यवसायीबीच झडपको अवस्था बनेको थियो। प्रहरीले केहीलाई नियन्त्रणमा लिएसँगै कानुन व्यवसायीहरु मूल गेटसँगै सडकमा धर्नामा बसेका छन्।
उनीहरु धर्नामा बसेसँगै उक्त क्षेत्रमा सवारी आवतजावत बन्द गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।