काठमाडौं– प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकट नेताहरुसँग छलफल गरेका छन्।
बिहीबार प्रधानमन्त्रीनिवास बालुवाटारमा आफूनिकट शीर्ष तहका नेताहरुलाई उनले बोलाएर महाधिवेशन केन्द्रित छलफल गरेका हुन्। महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री डा प्रकाशरण लगायतका नेताहरु बालुवाटार पुगेका थिए।
आसन्न महाधिवेशनका विषयमा छलफल गर्न देउवाले निकट नेताहरुलाई बोलाएको बताइएको छ। शनिबार वडा अधिवेशन हुने जिल्लाहरुको आफ्नो अवस्थाबारे छलफल भएको बालुवाटार स्रोतले जानकारी दिएको छ।
वडा अधिवेशन हुन नसकेका जिल्लामा कात्तिक २७ (शनिबार) बाट अधिवेशन प्रक्रिया सुरु हुन लागेको छ। सिन्धुपाल्चोकमा वडा अधिवेशन हुन बाँकी रहेका वडासहित डोल्पा, बाँके, कैलाली, सप्तरी, सुर्खेत, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा, रसुवा र रौतहटमा शनिबार वडा अधिवेशन हुँदैछ।
क्रियाशील सदस्यतामा फर्जी नामावली परेको भन्दै बाँकेमा विवाद उत्पन्न भएको छ। संस्थापनइतर समूहले बाँके पार्टी कार्यालयमा बुधबारदेखि तालाबन्दी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।