काठमाडौं– जिल्ला कारागार मोरङमा झडप भएको छ। झडपमा परेर ६ जना घाइते भएका छन्। कारागारका कैदीबन्दीहरुले चौकीदार नाइकेविरुद्ध आन्दोलन गरेपछि मंगलबार बिहान १० बजे झडप भएको हो।
कैदीबन्दीहरुले चौकीदार किरण गुरुङले शोषण गरेको भन्दै उनीसहित सहित १४ जनालाई एउटा कोठामा थुनिदिएका थिए। त्यसपछि झडपको स्थिति सिर्जना भएको थियो। अहिले भने स्थिति सामान्य भइसकेको रामप्रसाद पोखरेलले नेपाल लाइभलाई जानकारी दिए।
चौकिदारले अनाश्वयक यातना दिने, आर्थिक शोषण गर्ने जस्ता काम गरको कैदीबन्दीहरुले आरोप लगाएका छन्।
मंगलबारको झडफमा घाइते भएका ६ जनालाई उपचारका लागि अस्पताल पठाइएको जेलर पोखरेलले जानकारी दिए। घाइते हुने कैदीबन्दीमा चौकीदार गुरुङ र नाइकेहरु शेखर राई, निर्मल ढकाल, बिशाल मुक्ताङ, डिल्ली देवान र सूर्यदीप गुप्ता छन्। उनीहरुलाई उपचारका लागि कोसी अस्पताल विराटनगर पठाइएको पोखरेलले बताए।
झडप भएपछि झडपमा उत्रिने कैदीबन्दीलाई समेत अर्को कारागारमा सार्ने तयारी भएको पोखरेलले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।