काठमाडौं– दक्षिण भारतीय सिनेमाका सुपरस्टार रजनीकान्तको पछिल्लो फिल्म ‘अन्नाथे’ले प्रदर्शन भएको चार दिनमा १ सय ७५ करोड भारुको व्यापार गरेको छ। फिल्मले भारतको तमिलनाडु क्षेत्रमा निकै राम्रो व्यापार गरेको छ। दिपावलीको छुट्टीको अवसरमा प्रदर्शनमा आएको फिल्मले अन्य राज्यमा पनि निकै राम्रो व्यापार गरेको छ।
फिल्म ट्रेड एनालिस्टहरुका अनुसार अन्नाथेले प्रदर्शनको पहिलो दिनमा नै ७० करोड १९ लाख भारुको व्यापार गरेको थियो। त्यस्तै, दोस्रो दिनमा ४२ करोड ६३ लाख, तेस्रो दिनमा ३३ करोड ७१ लाख र चौथो दिनमा २८ करोड २० लाख भारु रुपैयाँको व्यापार फिल्मले गरेको छ।
फिल्मले गरिरहेको सफल व्यापारसँगै रजनीकान्तको यो फिल्म १०० करोडभन्दा धेरै व्यापार गर्ने नवौं फिल्म बनेको छ। यसअघि रजनीकान्तका अन्य ८ फिल्महरुले सय करोडभन्दा धेरैको व्यापार गरेका छन्।
शिवाले निर्देशन गरेको फिल्ममा रजनीकान्तसँगै कीर्ति सुरेश, खुशबु सुन्दर, मीना र जगपथी बाबु अमहले अभिनय गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।