काठमाडौं- प्रधान सेनापति प्रभुराम शर्मा भारत प्रस्थान गरेका छन्।
भारतका स्थल सेनाध्यक्ष जनरल एम एम नरवणेको औपचारिक निमन्त्रणामा सेनापति शर्मा भारत प्रस्थान गरेको नेपाली सेनाले जनाएको छ।
शर्माको भ्रमण दलमा ९ सदस्य रहेका छन्।
भ्रमण सकि उनी कात्तिक २६ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।
भ्रमणका क्रममा उनले भारतका राष्ट्रपतिबाट मानार्थ महारथीको दर्जाले सम्मान पाउने कार्यक्रम रहेको छ।
उनले भ्रमणका क्रममा समकक्षी जनरल नरवणेलगायत भारतीय सेनाका विभिन्न सुरक्षा अधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा निर्देशनालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।