काठमाडौं– प्रेम शैलीका फिल्ममार्फत् आफूलाई चिनाएका नायक प्रदिप खड्का नयाँ भूमिकामा देखिन लागेको फिल्म ‘प्रकाश’ आगामी वर्ष प्रदर्शनमा आउने भएको छ।
चलचित्रका निर्देशक दिनेश राउतले बताएअनुसार आगामी वर्षको सुरुवातमा फिल्मलाई प्रदर्शन गर्ने तयारीसहित काम भइरहेको छ।
गत वैशाखमा छायांकन सकिएको फिल्ममा प्रदीप र नायिका रेनु योगी मुख्य भूमिकामा छन्। सँगै दीया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा, रामबाबु रेग्मी, निरज पन्थी, हुम बीसीलगायतका कलाकारले फिल्ममा अभिनय गरेका छन्। विनिश इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा महेन्द्र अधिकारीले लगानी गरेका छन्।
फिल्मका निर्देशक राउतकाअनुसार निर्माण पक्षले फिल्मले आगामी वर्षको सुरुवातमा प्रदर्शनमा लैजानेगरि काम गरिरहेको छ। उनी भन्छन्, ‘अहिले पोस्ट प्रोडक्सनको काम भइरहेको छ। आउँदो वर्षको सुरुवातमा फिल्मलाई रिलिज गर्ने तयारी छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।