काठमाडौं- १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा नेपाल फ्रेट फरवार्डर्स (कार्गो) एसोसियसन (नेफा)का अध्यक्ष मनोज अधिकारी पक्राउ परेका छन्।
अधिकारीलाई कात्तिक १६ गते ठमेलबाट पक्राउ गरेर अनुसन्धान प्रक्रिया अघि बढाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले जानकारी दिए।
उनलाई महानगरीय प्रहरी वृत्त मालिगाउँले पक्राउ गरेको हो। अधिकारीले कात्तिक ८ गते १६ वर्षीया किशोरीलाई रातोपुलमा लगेर बलात्कार गरेको भन्दै उजुरी परेको थियो।
उनीमाथि बलात्कार कसुरमा म्याद लिएर वृत्त मालिगाउँले अनुसन्धान अघि बढाइरहेको एसपी बस्नेतले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।