काठमाडौं–नेपाल प्रहरीमा कार्यरत डा. एसपी संज्ञा मल्ल संयुक्त राष्ट्रसंघले दिने ‘वर्ष महिला प्रहरी–२०२१’ अवार्डबाट पुरस्कृत भएकी छन्।
हाल कंगोमा रहेकी मल्लले इबोला र कोभिड–१९ महामारी नियन्त्रणमा र गत मे मा भएको ज्वालामुखी बिस्फोटमा उत्कृष्ट भूमिका खेलेको राष्ट्रयसंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
मल्लले कोभिड–१९ संक्रमण रोकथामका लागि एक गाइडलाइन समेत तयारी पारेकी थिइन्। उनकै नेतृत्वमा कंगोमा महामारी नियन्त्रण गर्ने क्रममा ३ सय भन्दा बढी सचेतनामुलक कार्यक्रमसमेत सञ्चालन भएको थियो।
मल्ल कंगोको राजधानी कान्सासामा रहेको मिसनको मुख्यालयमा जनस्वास्थय तथा वातावरण इकाई प्रमुखमा कार्यरत छिन्। मल्लले नेतृत्व गर्ने इकाईले राष्ट्रसंघमा कार्यरत कर्मचारी र स्थानीय बासिन्दालाई स्वास्थ्य सम्बन्धी सावधानीको मापदण्ड सचेत गराउँदै आएको छ।
राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मंगलबार मल्ललाई उक्त अवार्ड प्रदान गर्ने कार्यक्रम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।