सुनसरी– कोशी गाउँपालिका–८ भण्टाबारी चोकस्थित पूर्व–पश्चिम राजमार्गमा आइतबार बिहान १० बजे बसको ठक्करबाट घाइते भएका दुवै जनाको उपचारको क्रममा मृत्यु भएको छ।
मृत्यु हुनेमा मोटरसाइकल चालक सोही स्थानका ३० वर्षीय अल्ताप मिया र पछाडि सवार ३० वर्षीय गियासुदिन मिया रहेका छन्।
उनीहरुको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो। पूर्वबाट पश्चिम तर्फ जादै गरेको प्रदेश १–०१–००१ ख ३५३० नम्बरको बसले बिपरित दिसा तर्फबाट आउँदै गरेको प्रदेश २–०१–००१ प ०७६३ मोटरसाइकललाई ठक्कर दिई दुर्घटना भएको थियो।
बस र बस चालक झापा कनकाई नगरपालिका ३ सुरुङ्गा का ५५ बर्षीय पुष्प अधिकारीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।