काठमाडौं– चन्द्रागिरी नगरपालिका–१४ पुरानो नैकापबाट १६ जुवाडे पक्राउ परेका छन्। पुरानो नैकापस्थित शंकर थापाको घरमा तासजुवा खेलिरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले १६ जुवाडेलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा चन्द्रागिरीकै ५२ वर्षीय पुष्कर थापा, ४६ वर्षीय पूर्णबहादुर बस्नेत, ४१ वर्षीय सुदर्शन बिडारी, ४६ वर्षीय लव कार्की, ४४ वर्षीय सुदामा केसी, ३१ वर्षीय विजय बुढाथोकी, ५० वर्षीय रबिन्द्र थापा, ४३ वर्षीय राजन खत्री, ३६ वर्षीय विश्वास जंग कार्की, ४० वर्षीय सन्जु थापा, ३८ वर्षीय निरन्जन शाह ठकुरी, ४१ वर्षीय शंकर थापा, ४४ वर्षीय अष्टमान महर्जन, ३७ वर्षीय निरञ्जन केसी, ४७ वर्षीय गणेश रसाइली र ३६ वर्षीय कुमारबहादुर मगर छन्।
हारजित हुनेगरी तासजुवा खेलिरहेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त थानकोट र प्रभाग बलम्बुबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई गएराति पक्राउ गरेको हो।
उनीहरुबाट ४ लाख ४३ हजार ३ सय ५ रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।