काठमाडौं– शुक्रबारबाट प्रदर्शनमा आएको अक्षय कुमार अभिनित बलिउड फिल्म ‘सुर्यवंशी’भन्दा दक्षिण भारतका सुपरस्टार रजनीकान्तको फिल्म ‘अन्नाथे’ले बक्स अफिसमा राम्रो व्यापार गरेको छ। अक्षयको सूर्यवंशी र मार्वल स्टुडियोको ‘इटरनल्स’सँगै प्रदर्शन भइरहेको रजनीकान्तको फिल्म ‘अन्नाथे’ले तुलनात्मक रुपमा राम्रो व्यापार गरेको हो।
रजनीकान्तको अन्नाथेसँगै अक्षयको सुर्यवंशी र मार्वल स्टुडियोको इटरनल्स, तीनवटै बहु प्रतिक्षित फिल्महरु हुन्। अन्नाथे सूर्यवंशी र इटरनल्सभन्दा एक दिनअघि मात्रै प्रदर्शनमा आएको थियो।
ट्रेण्ड एनेलिस्ट्सका अनुसार तीन फिल्ममध्ये अन्नाथेले पहिलो दिनमा नै ३४ करोड ९२ लाखको व्यापार गरेको छ। दोस्रो दिन २९ करोडभन्दा धेरै फिल्मले व्यापार गरेको छ। सूर्यवंशीले भने प्रर्दशनको सुरुवाती दिनमा २७ देखि ३० करोडको व्यापार गरेको छ। अर्कातिर, मार्वलको इटरनल्सले भने प्रदर्शनको दिन ८ करोड ७५ लाखको मात्रै व्यापार गरेको छ।
कोरोनाकालपछि खुलेका सिनेमाहलहरुमा पछिल्लो समयमा दर्शकलाई तान्न सफल बनेका यी तीन फिल्महरुमा व्यापारिक हिसाबले भने रजनीकान्तले अन्नाथे सफल भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।