काठमाडौं– बाँकेको नेपालगञ्जमा प्रहरीले एउटा जुवा खेलिरहेका ४८ जना 'जुवाडे'लाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाँके र वडा प्रहरी कार्यालय नेपालगञ्जको टोलीले नेपालगञ्ज उपमहानगरपालिका–१३ बाबुगाउँबाट जुवा खेलिरहेका ४८ जनालाई पक्राउ गरेको हो।
पक्राउ परेकाहरुको साथबाट २ लाख ६६ हजार ७७ रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।
प्रहरीले पक्राउ परेकाहरुको नाम सार्वजनिक गरेको छ। उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।