ब्राजिलकी चर्चित गायिका मारिलिय मेन्कोन्काको हवाई दुर्घटनामा परेर मृत्यु भएको छ। दुर्घटनामा गायिका मेन्कोन्कासहित अन्य ४ जनाको मृत्यु भएको छ।
ब्राजिलको मिनास गेरिस राज्यको दुर्गम क्षेत्रमा भएको दुर्घटनामा मेन्कोन्कासहित उनका काका, १ जना प्रोड्युसर र २ जना विमानका क्रु मेम्बरको मृत्यु भएको हो।
एक कन्सर्टका लागि जाने क्रममा उनीहरु सवार विमान दुर्घटनामा परेको हो।
सन् २०१९ को ल्याटिन ग्रम्मी विजेता मेन्कोन्का महिलाहरुको असफल सम्बन्धका बारेमा आवाज उठाउने गायिका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।