काठमाडौं– प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा शान्ति सेनामा कार्यरत नेपाल प्रहरीकी उपरीक्षक (एसपी) डा सङ्ज्ञा मल्ललाई ११औँ राष्ट्रसङ्घीय महिला प्रहरी अधिकृत पुरस्कार प्रदान गरिने भएको छ।
संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना कार्यालयले विज्ञप्ति जारी गरी डा मल्ललाई यही कात्तिक २३ गते महासचिव एन्टेनियो गुटरेसले उक्त पुरस्कार प्रदान गर्ने जनाएको छ।
डा मल्ल कङ्गोस्थित शान्ति सैन्यमा स्वास्थ्य तथा वातावरण एकाइको प्रमुख छन्। उनले राजधानी किन्सासामा उक्त एकाइ स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।