काठमाडौं–संयुक्त राष्ट्रसंघ अन्तर्गत शान्ति मिसनमा सिरियामा खटिएको नेपाली सेनाको अदलीबदली भएको छ।
सिरियामा तैनाथ डिसइन्गेजमेन्ट अब्झरबेशन फोर्स रहेको श्री फोर्स हेडक्वाटर सर्पोट युनिट दशौं डफ्फालाई श्री मेकनाइज्ड इन्फेन्ट्री गुल्म पाँचौ डफ्फा, श्री इन्जिनियर से.मु. छैटौं डफ्फा, श्री लवल १ प्लस अस्पताल, तेस्रो डफ्फा, श्री क्लोज प्रोटेक्ट युनिटको कमाण्डका लागि सेनानी सुनिल थापाको कमाण्डमा १६२ जनाको नफ्री शुक्रबार त्यसतर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।
कोभिड-१९ महामारीका बाबजुद शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप गरिएका अदली बदलीको दौरानमा सम्पुर्ण सुरक्षा सतर्कता तथा कोभिड-१९ प्रोटोकलहरूको पालना गरिएको सेनाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।