बर्दिबास - महोत्तरीमा टाटासुमो र मोटरसाइकल एक–आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित कारेभोगटे पुल नजिकै बिहीबार राति बर्दिबासबाट सिन्धुलीतर्फ जाँदै गरेको ना१ज ५७४७ नंको सुमो र स१०प३९९३ नम्बरको मोटरसाइकल एक–आपसमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका–५ का सुन्धिर मिश्र रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामामा गम्भीर घाइते भएका मिश्रलाई उपस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको थियो।
प्रहरीले सुमो चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।