काठमाडौं- नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामासहित १८ जना जुवाखालबाट पक्राउ परेका छन्।
जुवा खेलाइरहेको भन्ने गोप्य सूचनाको आधारमा छापा मारेको प्रहरीले बौद्धस्थित नयाँ बस्तीबाट उनीहरु पक्राउ गरेको हो।
सागर लामाको प्ल्याटबाट उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रमेश बस्नेतले जुवाखालबाट ६ लाख १३ हजार ५ सय रुपैयाँ बरामद भएको जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।