• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

देवकोटाले किन लेखेका थिए मुनामदन?

64x64
प्रकाश गुरागाईं बिहीबार, कात्तिक १८, २०७८  १२:१५
1140x725

महाकवि लक्ष्मीप्रसाद देवकोटाका किस्सा कति छन् कति। यस्ता किस्सा सुनाउनेहरुले प्रसंग रोचक बनाउन थपथाप गर्दै जाँदा कतिपय गलत तथ्य र घटनाहरु पनि स्थापित हुन पुगेका छन्।

उनका अधिकांश पुस्तक लेखनका पछि केही न केही किस्सा जोडिएका छन्। उनी अत्यधिक धुमपान गर्ने हुनाले कतिपय किस्सा चुरोटसँगै जोडिएका छन्। उनका आनीबानीसँग जोडिएका किस्सा पनि उति नै छन्।

देवकोटा मासु खान औधी रुचाउँथे। विशेष गरी खसीको टाउको मन पराउँथे। एक पटकमा आधा किलोभन्दा बढी खान सक्थे। २००३ पुस २४ गते काठमाडौँमा हिउँ परेको थियो। त्यसअघि हिउँ परेको थाहा नभएको कवि श्यामदास वैष्णवले उल्लेख गरेका छन्। त्यो हिउँ परेको दिन वैष्णव देवकोटाकै घरमा थिए।

देवकोटा पत्नीलाई बजै भन्थे। बजैसँग पैसा मागेर देवकोटाले वैष्णवलाई खसीको टाउको किन्न पठाए। मासु खाइसकेपछि वैष्णव घर फर्किए। भोलिपल्ट बिहानै देवकोटाले फेरि बोलाउन पठाए। वैष्णव डिल्लीबजारस्थित देवकोटाको घर पुगे। देवकोटाले त रातभरिमा ‘तुषार वर्णन’ खण्डकाव्य लेखिसकेका रहेछन्। त्यही सुनाउन पो बोलाएका रहेछन्। वैष्णवले उक्त घटना त्यही खण्डकाव्यको ‘स्पष्टीकरण’ मा उल्लेख गरेका छन्।

देवकोटाको चर्चित खण्डकाव्य ‘मुनामदन’बारे पनि विभिन्न किस्सा छन्। तर, इतिहासकार पुष्प चित्रकारले भने मुनामदनको मौलिकतामा प्रश्न उठाएका छन्। मुनामदन लेखनको ४४ वर्षपछि २०३६ सालमा मुनामदनसँग सम्बन्धित एउटा किस्सा बाहिर ल्याउँदै उनले मौलिकतामा प्रश्न उठाएका हुन्।

चित्रकारले भक्तपुर बहुमुखी क्याम्पसको वार्षिक पत्रिका ‘स्वर्णद्वार’ मा २०३६ सालमा प्रकाशित गराएको लेखमा मुनामदनको कथा नेपाल भाषाको प्राचीन गीतिकाव्य ‘जि वया ला लछि मदुनि’ बाट लिइएको उल्लेख गरेका छन्। उनका अनुसार त्यतिबेला कतिपय नेवारहरु तिब्बत व्यापार गर्न जाने चलन थियो। एउटा नेवार युवक बिहे गरेको एक महिनापछि व्यापारको लागि तिब्बत गएपछिको दुखान्त कथा उक्त नेवारी काव्यमा छ। यो काव्यको अन्त्यमा राजा राजेन्द्रविक्रम शाहको नाम उल्लेख भएकाले त्यही समयमा लेखिएको हुनुपर्ने चित्रकार बताउँछन्।

नेवारी काव्य ‘जि वया ला लछि मदुनि’ प्रेमबहादुर कंसाकारले संकलन गरेर प्रकाशन गरेका थिए। कंसाकार तिनै व्यक्ति हुन् जसले कांग्रेसका लागि काम गर्न देवकोटालाई २००४ सालमा बनारस लगेका थिए। कंसाकार कांग्रेस पार्टीमा लागेर राणाविरोधी आन्दोलनमा संलग्न थिए। तर, वनारस गएपछि देवकोटा खानसमेत नपाउने अवस्थामा पुगे। त्यही बेला नेपालमा उनको एक जना छोराको मृत्यु भयो। पछि श्रीमती लिन गएपछि जसोतसो नेपाल फर्किए। यसपछि देवकोटा कांग्रेस विरोधी भएका थिए।

तिनै कंसाकारले खोजबिन गरी ‘जि वया ला लछि मदुनि’ प्रकाशन गर्नु अघि पनि नेवार समुदायका धेरैले यसलाई मुखाग्र सुनाउँथे। चित्रकारका अनुसार उक्त नेवारी काव्य चिकंमुगलका गणेशलाल श्रेष्ठले देवकोटालाई सुनाएका थिए। एउटा विद्यालयमा मार्मिक गीति नाटक हेरेपछि देवकोटाले ‘नेपाल भाषा धनी भएर पनि मार्मिक साहित्य नभएको’ बताए। त्यसको प्रतिउत्तरमा श्रेष्ठले गीति काव्य गाएरै सुनाएका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

देवकोटा त्यस काव्यबाट प्रभावित भए। अनि, त्यही रात आठ घन्टामा मुनामदन लेखिसकेका थिए। त्यसपछि भोलिपल्ट बिहानै आफूले लेखेको काव्य सुनाउन देवकोटा चिकंमुगल गएको श्रेष्ठले आफूसँगको अन्तवार्तामा बताएको चित्रकारको भनाइ छ।

‘जि वया ला लछि मदुनि’मा जस्तै मुनामदनमा पनि नायक मदन धन कमाउनका लागि भोट जान्छ। तर, फर्किएर आउँदा बाटोमा बिरामी पर्छ। साथीहरुले छाडेर हिँड्छन्। घर फर्किएर आइपुग्दा उसकी आमा र श्रीमती मुनाको मृत्यु भइसकेको हुन्छ। त्यो दुखत् मृत्युबारे मदनलाई उनकी दिदीले सुनाउँछिन्।

देवकोटाले नायक बनाएको मदन क्षेत्री हो। तर, त्यस समय क्षेत्रीहरु व्यापार र कामका लागि भोट अर्थात् ल्हासा जाने चलन नभएको समाजशास्त्रीहरु बताउँछन्। भोट गएर व्यापार गर्ने नेवार समुदायका मान्छे थिए। त्यसैले मुनामदन मौलिक नभएको र ‘जि वया ला लछि मदुनि’बाट प्रभावित भएर लेखेको चित्रकार बताउँछन्।

मुनामदन प्रकाशन भएको ८६ वर्ष भयो। पहिलोपटक १९९२ सालमा प्रकाशित भएको थियो। नरेन्द्रराज प्रसाईंले लेखेको ‘देवकोटाको जीवनशैली’ पुस्तक अनुसार मुनामदन लेखिसकेपछि महाकवि देवकोटा आफ्ना दाजु लेखनाथलाई लिएर बालकृष्ण समको घर गएका थिए। उनले समलाई खण्डकाव्य पूरै वाचन गरेर सुनाए। समले निकै राम्रो भएको बताएपछि देवकोटाले छाप्ने इच्छा व्यक्त गरे। तर, राणाकालमा पुस्तक छाप्न सजिलो थिएन। अहिलेजस्तो न प्रेसको छाप्छाप्ती प्रयोग थियो, न अनुमतिविना छाप्न नै पाइन्थ्यो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

तर, देवकोटा छपाएरै छाड्ने धाउन्नमा थिए। उनले ब्रह्मशमशेर जबरालाई पनि मुनामदन पूरै सुनाए। त्यहाँ उनी ब्रह्मशमशेरका छोराहरुलाई ट्युसन पढाउन जान्थे। देवकोटाको खण्डकाव्य ब्रह्मशमशेरले मन पराए। अनि उनैले छाप्ने व्यवस्था मिलाइदिए।

सबैभन्दा बढी बिक्री भएका नेपाली पुस्तकमध्ये मुनामदनलाई पनि मानिन्छ। तर, यो कति प्रति बिक्री भइसकेको छ भन्ने तथ्यांक भेटिँदैन। देवकोटाको मृत्यु भएको ५० वर्ष पूरा भइसकेकाले यसको प्रतिलिपि अधिकार खुला भएको छ। त्यसैले विभिन्न प्रकाशकहरुले पुस्तक आफूखुसी छाप्ने गरेका छन्।

साझा प्रकाशनले २०७४ सालमा समग्रमा मुनामदनको २८औँ संस्करण प्रकाशन गर्दा एकैपटक ५० हजार प्रति छापेको थियो। साझाको भने १९औँ संस्करण थियो। अहिले मञ्जरी, बिएन पुस्तकलगायत निजी प्रकाशन संस्थाले पनि मुनामदन छापिरहेका छन्।

मुनामदनको २०१६ सालमा प्रकाशन भएको आठौँ संस्करणमा यसको परिमार्जित संस्करण आयो। महाकविले नै परिवर्तन गरेका र थपेका श्लोकहरु उक्त संस्करणमा राखिएको कमलमणि दीक्षितले लेखेको प्रकाशकीयमा उल्लेख छ। २०२५ सालको संस्करणदेखि भने पछि थपिएका श्लोकलाई पहिलेका श्लोकबाट छुट्याउन साना अक्षरमा राखेको दीक्षितले उल्लेख गरेका छन्।

मुनामदन देवकोटाको पहिलो कृति भने होइन। उनको पहिलो पुस्तक ‘समर्पण’ १९८९ सालमा प्रकाशन भएको थियो। यो पुस्तक सुनाएपछि श्री ३ जुद्धशमशेरबाट रु.१००० बक्सिस पनि पाएका थिए। यो नै उनको पहिलो खण्डकाव्य भएको ‘देवकोटाको जीवनशैली’ पुस्तकमा उल्लेख छ।

तर, ‘देवकोटाको खण्डकारिता’ मा विद्यावारिधि गरेका प्राडा महादेव अवस्थी यो लामो कविता मात्र भएको बताउँछन्। अंग्रेजी र नेपाली दुवै भाषामा लेखिएको यो कवितामा देवकोटाले जुद्धशमशेरको प्रशस्ति गरेका छन्।

त्यसो त देवकोटाले कति पुस्तक लेखे र कति प्रकाशित भए भन्ने तथ्यांक नै छैन। नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह पनि देवकोटाका विद्यार्थी थिए। उनी २००९ सालतिर देवकोटासँग ट्युसन पढ्थे। सिंहका ट्युसन पढ्न साथी भारतप्रसाद धिताल थिए। ट्युसन पढाउँदा प्रायः कविता पनि सुनाइरहन्थे।

एक पटक देवकोटाले ‘महिलास्थान’ भन्ने कविता सुनाए। उक्त कवितामा पुरुषहरुको अन्याय सहन नसकेर महिलाहरुले छुट्टै देश बनाएका हुन्छन्। प्रधानमन्त्रीदेखि सिपाहीसम्म महिला भएको देशको नाम ‘महिलास्थान’ हुन्छ। त्यो देशमा पुरुषलाई भने प्रवेश निषेध हुन्छ।

तर, एक दिन कतैबाट एक जना पुरुष महिलास्थान पुग्छ। उसलाई राष्ट्रप्रमुख कहाँ पुर्‍याइन्छ। राष्ट्रप्रमुखले ती पुरुषलाई आफैँसँग राख्छिन्। रहँदा बस्दा उनीहरु प्रेममा पर्छन्। त्यसपछि महिलास्थान भन्ने देश भताभुङ्ग हुन्छ।

देवकोटाले ‘महिलास्थान’ कवितामा महिलामाथि भइरहेको अन्याय र महिला तथा पुरुषलाई एकअर्काको अपरिहार्यता एक साथ देखाएका थिए। ‘महिलास्थान शीर्षकको कविता निकै लामो थियो। त्यसको विषय मलाई अझै याद छ। तर, त्यो कविता कतै प्रकाशित भएको थाहा छैन,’ सिंह भन्छन्, ‘त्यो कविता एउटा पुस्तक नै हुनसक्ने गरी लामो थियो। सायद उहाँले खण्डकाव्य लेख्नुभएको थियो।’

प्राडा चुडामणि बन्धुका अनुसार देवकोटाका अप्रकाशित रचना कति छन् भनेर खोजी नै हुन सकेको छैन। अझै धेरै पुस्तक प्रकाशन हुन बाँकी रहेको उनको अनुमान छ।

देवकोटाले आफ्ना पाण्डुलिपि केशरशमशेरलाई पनि दिएको प्रसाईंले ‘देवकोटाको जीवनशैली’मा उल्लेख गरेका छन्। उनले आर्थिक संकटका बेला पाण्डुलिपि धितो राखेर केशरशमशेरसँग ऋण लिने गरेका थिए। देवकोटाका पाण्डुलिपिले केशरशमशेरको एउटा दराज नै भरिएको प्रसाईंले उल्लेख गरेका छन्। तर, ती पाण्डुलिपि देवकोटाले फिर्ता लिएको कतै पाइँदैन। देवकोटा अरुलाई दिएको कविता र पाण्डुलिपि फिर्ता माग्दैन थिए।

प्रकाशित मिति: बिहीबार, कात्तिक १८, २०७८  १२:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रकाश गुरागाईं
लेखकबाट थप
नगरपालिकाको पहिलो चुनाव राणाकालमै, पुरुषलाई मात्र थियो मताधिकार
भारतीय कम्युनिष्ट नेताहरुको प्रभावमा खुलेको थियो नेपालको कम्युनिष्ट पार्टी
नेपालका ५० टी२० खेल : तीन कप्तान, तीन शतक र आठ वर्षमा छुटेको सिंगो पुस्ता
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ सोमबार, असोज २६, २०८३
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्