• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
छानबिन समितिको निष्कर्ष

निर्मला कुर्मी बेपत्ता घटना : साढे ४ बिघा जग्गा हत्याउने ‘साजिश’

कांग्रेस नेता कुर्मीसहित ८ जनामाथि अनुसन्धान गर्न सिफारिस  
64x64
नारायण अधिकारी सोमबार, कात्तिक १५, २०७८  २०:०३
1140x725
बेपत्ता निर्मला कुर्मीको न्यायका लागि काठमाडौं आइपुगेको माताप्रसाद धोबीसहितको टोली

काठमाडौं– साढे चार बिघा जग्गा हत्याउन बाँकेको नेपालगञ्जकी निर्मला कुर्मीलाई बेपत्ता बनाएको छानबिन समितिले निष्कर्ष निकालेको छ। गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मी नेतृत्वको छानबिन समितिले जग्गा हडप्नकै लागि कुर्मीलाई बेपत्ता बनाइएको निष्कर्ष निकाल्दै आइतबार कार्यबाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाणलाई प्रतिवेदन बुझाएको हो। 

नेपालगञ्ज उपमहानगरपालिका–१७ की कुर्मी २०७५ माघदेखि बेपत्ता छिन्। उनको मृत्यु भइसक्यो वा जीवित नै छिन् भन्नेबारे अहिलेसम्म केही खुल्न सकेको छैन। उक्त विषयमा छानबिन गर्न भन्दै गृहमन्त्रालयले रेग्मी नेतृत्वको समिति बनाएको थियो। एक साता लगाएर छानबिन गरेको समितिले निर्मलाको साढे ४ बिघा जग्गा हत्याउनका लागि उनलाई बेपत्ता बनाइएको निष्कर्ष निकालेको हो। 

निर्मलाका श्रीमान् महलु कुर्मीको २०६२ सालमा मृत्यु भएको थियो। त्यसपछि निर्मलासँग दुई छोराहरु रामसागर र सुरेश थिए। रामसागर र सुरेशको पनि २०६६ मंसिरमा १० दिनको अन्तरमा रहस्यमय मृत्यु भएको थियो। 

श्रीमान र छोराको मृत्यु भएपछि उनीहरुको नाममा रहेको जग्गा हत्याउन घरजग्गाका कागजात र लालपूर्जा कांग्रेस नेता तथा पूर्वसभासद बादशाह कुर्मीले लिएको पाइएको समितिले बुझाएको प्रतिवेदनमा उल्लेख छ। उनीहरुको नाममा रहेको साढे ४ बिघा जग्गा हत्याउने योजनासहित निर्मलालाई बेपत्ता पारेको रेग्मी नेतृत्वको समितिले उल्लेख गरेको छ।

निर्मलालगायत बाँकेका हिंसापीडित महिलालाई न्याय दिलाउन माग गर्दै नेपालगञ्जबाट पैदल हिडेर काठमाडौं आइपुगेका रुवी खानलगायतका अभियन्ताहरुको निरन्तरको दबावपछि सरकारले छानविन समिति गठन गरेको थियो।

कांग्रेस नेता कुर्मीसहित ८ जनाविरुद्ध अनुसन्धान गर्न सिफारिस
सहसचिव रेग्मीसँगै नेपाल प्रहरीका एसपी रामप्रकाश शाह, उप–अनुसन्धान निर्देशक वीरेन्द्रसिंह कार्की, उपसचिव रामप्रसाद लम्साल, जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत अमरराज सेजुवाल र मोहम्मद शेर बागवान सम्मिलित समितिले निर्मला कुर्मी बेपत्ता प्रकरणमा कांग्रेस नेता बादशाह कुर्मीसहित ८ जनालाई प्रारम्भिक छानबिनको क्रममा दोषी देखिएको औंल्याएको छ। 

बादशाहसँगै, रमेश थापा, पार्वती बिष्ट, कृष्णमुरारी सिंह, कुँवर बब्बन सिंह ठकुरी, उर्मिला कनोजिया, अमरलाल कुर्मी र धीरेन्द्र सिंह गरी ८ जना प्रारम्भिक छानबिनको क्रममा दोषी देखिएको समितिले बुझाएको प्रतिवेदनमा उल्लेख छ। उनीहरुमाथि अनुसन्धान गर्नुपर्ने सुझाव समितिले दिएको छ। 

निर्मलाका श्रीमान र छोराको मृत्यु भएपछि घरजग्गा हडप्नकै लागि लालपूर्जा बादशाहले लगेपछि त्यसबेलैदेखि चर्को विरोध भएको प्रतिवेदनमा उल्लेख गरिएको छ। चर्को विरोध भएपछि बादशाहले त्यतिबेला जग्गाको लालपूर्जा जिल्ला प्रशासन कार्यालयमा बुझाएको पनि समितिले प्रतिवेदनमा उल्लेख गरेको छ। 

nimb
nimb
Ncell 2
Ncell 2

समितिले दिएको सुझाव अनुसार कारबाही र अनुसन्धानको प्रक्रिया अघि बढ्ने गृहमन्त्री खाणले बताएका छन्। आइतबार प्रतिवेदन बुझ्दै खाणले भने, ‘छानबिन समितिले दिएको निष्कर्ष कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउँछौं।’

निर्मलाको जग्गा पार्वती हुँदै रत्नाको नाममा सारियो
श्रीमान र छोराहरुको मृत्यु भएपछि निर्मलाबाट जग्गाको लालपूर्जा कब्जा गरी जग्गा हडपिएको निष्कर्ष समितिको छ। निर्मलाबाट बादशाहले लालपूर्जा कब्जा गरेर लिएको र पछि फिर्ता गरेको बताए पनि विभिन्न ऋण देखाएर जग्गा अर्काको नाममा नामसारी गरेको पाइएको समितिले उल्लेख गरेको छ। 

निर्मलाले विभिन्न मितिमा ऋण लिएको भन्दै नेपालगञ्ज, धम्बोजीकै पार्वती बिष्टले अदालतमा समेत मुद्दा हालेर जग्गा हत्याएको पाइएको छ। अदालतमा मुद्दा हालेर बिष्टले निर्मलाको नाममा रहेको जग्गा २०६९ भदौ ६ गते आफ्नो नाममा नामसारी गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ। 

विष्टले निर्मलाको जग्गा आफ्नो नाममा ल्याएपछि उक्त जग्गा रत्ना थापाको नाममा नामसारी गरिएको पाइएको छ। 

विज्ञ टोली गठन गर्न सिफारिस
श्रीमान र छोराको मृत्यु भएपछि निर्मलाको जग्गा हडपिएको निष्कर्ष निकालेको समितिले यस घटनाको अनुसन्धान गर्न विज्ञसहितको टोली गठन गर्न पनि सुझाव दिएको छ। निर्मलाको जग्गा हडपेको पाइएकाले के कसरी हडपियो भने अनुसन्धान गर्न विज्ञ टोली गठन गर्नुपर्ने सुझाव प्रतिवेदनमा उल्लेख गरिएको समितिका संयोजक रेग्मीले नेपाल लाइभलाई बताए। 

निर्मलाको सम्पत्ति हडप्ने नियतले कीर्ते–जालसाजी भएको हुनसक्ने र त्यसको अनुसन्धान गर्न विज्ञ टोली गठन गर्नुपर्ने सुझाव समितिको छ। 

‘सम्पति खाने/हडप्ने नियतले कीर्ते, जालझेल आदि गरेको देखियो। बाँके जिल्लामा जग्गा किनबेच, हक, भोग, नामसारीलगायतमा छानबिन गर्न सम्बन्धित निकायबाट विज्ञसहितको टोली गठन गर्न सिफारिस गरेका छौं’, रेग्मीले भने। 

यसरी बेपत्ता भएकी थिइन् निर्मला
श्रीमान र छोराहरुको मृत्यु भएपछि निर्मला एक्ली भएकी थिइन्। उनी एक्ली भएपछि जग्गा हत्याउन भन्दै उनको लालपूर्जा समेत कब्जामा लिइएको थियो। निर्मलाको जग्गाको लालपूर्जा सुरुमा कांग्रेस नेतासमेत रहेका बादशाहले लिएका थिए। त्यसपछि निर्मला न्यायका लागि भन्दै प्रशासनदेखि विभिन्न संघसंस्थासम्म धाउन थालेकी थिइन्। 

बादशाहले  आफूमाथि अन्याय गरेको भन्दै २०६६ माघ १८ गते निर्मलाले मुस्लिम समाज विकास चेतना केन्द्रमा उजुरी समेत दिएकी थिइन्। तर, कतैबाट पनि उनले न्याय पाइनन्। २०६६ माघ २२ मा अधिकारकर्मीहरुले बादशाहविरुद्ध त्यसबेला नाराबाजी समेत गरेका थिए। चौतर्फी दबाब भएपछि बादशाहले निर्मलाको लालपूर्जा फिर्ता गरिदिएका थिए। लालपूर्जा फिर्ता गरेपछि बादशाहमाथि कुनै कारबाही भएन। 

यो घटनाको झण्डै १० वर्षपछि २०७५ माघ २५ गते निर्मला बेपत्ता भइन्। महिला अधिकार मञ्चले दिएको जाहेरी अनुसार २०७५ माघ २५ गते राति बाहशाहसहित उनका ‘केटाहरु’ले निर्मलालाई अपहरण गरेको उल्लेख छ। यसरी बेपत्ता भएको २ वर्षपछि निर्मलाको भारतमा मृत्यु भएको भन्दै हल्ला फैलाइएको थियो। तर, अधिकारकर्मीहरु भने निर्मलाको मृत्यु नभई अपहरण गरी हत्या गरिएको दाबी गर्छन्। उनी जीवित छिन् वा मृत्यु अथवा हत्या भयो भन्ने अहिलेसम्म पुष्टि हुन सकेको छैन। 

कांग्रेस नेता कुर्मी भन्छन्– मलाई फसाउन षड्यन्त्र गरियोे, म निर्दोष छु
आरोपितमध्ये एक कांग्रेस नेता बादशाह कुर्मीले भने आरोपको खण्डन गरेका छन्। नेपाल लाइभसँग कुरा गर्दै नेता कुर्मीले आफूलार्ई फसाउने योजनासहित षड्यन्त्रपूर्वक जाहेरी दिइएको बताए। कुर्मीको भनाइ उनकै शब्दमा :

२०६६ सालमा कुर्मीका २ छोरा बिते। म त्यसबेला संविधानसभामा थिएँ। पहिलो छोरा बित्दा कसैले खबर गरेनन्। दोस्रो छोरा बित्दा खबर आयो। नजिकै छिमेकी पनि, नातामा मैले काकी भन्दै आएको थिएँ निर्मलालाई। किन यसरी धमाधम छोराहरु बिते? यो निकै रहस्यमय भयो पनि भनेँ। मलाई पनि नेपालगञ्ज बोलाए। म गएँ। घर गएपछि उहाँलाई पनि सोधेँ। एउटा छोरा बिरामी भयो नर्सिङ होममा भर्ना गराएँ। त्यो बितिहाल्यो। फेरि अर्को छोरा बिरामी भयो। नर्सिङ होममै भर्ना गराएँ। त्यो पनि बित्यो भन्नुभयो। 

मलाई अझै शंका लाग्यो। त्यसपछि उनको घरमा काम गर्ने मान्छेलाई सोधेँ। कसरी यस्तो भयो? उसले पनि बिरामी भयो, उपचारको क्रममा मृत्यु भयो भन्यो। श्रीमान ४ साल पहिला नै बितेका थिए। बाँकी रहेका २ छोरा पनि बिते। अब निर्मला काकी एक्ली भइन्। कागजात कब्जा गरेर जग्गा नामसारी गर्लान् भनेर मैले नै समाजकै अघि निर्मलाको लालपूर्जा सुरक्षाका लागि राखिदिएँ। 

त्यसबेला उनको घरमा काम गर्ने मान्छे त्यही गाउँको फेरन धोबी भन्ने थियो। धोबीकै  घरमा निर्मलाको जग्गाको लालपूर्जा रहेछ। अहिले म लालपूर्जा सुरक्षित राखिदिन्छु। काकी अलि थिर भएपछि उनको नाममा नामसारी गरिदिउँला भनेको थिएँ। 

म काठमाडौं आइहालेँ। ४/५ महिनासम्म कोही कसैले केही भनेन। त्यसपछि लालपूर्जा खोज्नेदेखि महिलालाई पिट्नेसम्मका काम भएछन्। रुबी खान, मोहमद शेर बागवानलगायत भएर आन्दोलन गर्न थालेछन्। उनीहरु मेरै गाउँका हुन्। मिडियाबाजी गर्न थाले। त्यसपछि त्यहाँको सीडीओसाबले मलाई फोन गर्नुभयो। लालपूर्जा, नागरिकताको विवादबारे सोध्नुभयो। मैले केही होइन भनेँ। आएर हाम्रो जिम्मा लगाउनुस् भनेर सीडीओसाबले भन्नुभयो। कागजात बुझाउन भनेर म नेपालगञ्ज गएको बेला बजारबाट घर जाँदै गर्दा निर्मला काकीलाई बागवानसँगै देखेको थिएँ। कहाँ घुमाइराख्नु भएको छ तपाईंहरु काकीलाई भनेपछि होइन, तपाईंले लालपूर्जा नागरिकता राख्नु भएको छ, त्यसैलै उजुरी गरेर लालपूर्जा दिलाउने प्रयासमा छौं भने।

मैले सीडीओसाबको सल्लाह अनुसार निर्मलाको लालपूर्जा, नागरिकता लगायतका कागजात सीडीओकै रोहबरमा जिम्मा लगाएँ। 

२०६६ माघ २३ गतेदेखि त्यसपछि अहिलेसम्म केही भएको थिएन। निर्मलाको जग्गा २०६९ सालमा नामसारी भएको रहेछ। त्यो जग्गा बिक्री पनि भयो। त्यो बेला महिला जीवितै थिइन्। केही भएन। ३ लाखको तमसुक रहेछ। उनीहरुले नै निर्मलालाई भारत लगेर विवाह गरिदिए। बिहे गर्ने यिनीहरु, नामसारी गर्ने, निर्णय गर्ने यिनीहरु अनि मलाई यसमा मुछ्ने? 

निजामुद्दिन भन्ने हुनुहुन्छ, उहाँले निर्मलाको ३ लाखको तमसुककै कारण निर्मलाको घरजग्गा २०६९ सालमा लिनलाई मुद्दा गर्ने अनि मलाई दोष लगाउने? २०७० सालमा मुद्दा फैसला भयो, निर्मलाको घर लिलाममा राखेर २०७१ सालमा लिलामी बढाबढ भयो। निर्मलाको घर वरपरको केही जग्गा नापी मात्रै भएको थियो, पूर्जा आएको थिएन। २०७२ सालमा पूर्जा बनाएर २०७३ सालमा पूजा लामालाई त्यो जग्गा दिएको रहेछ। त्यो जग्गामा अहिले पनि पूजा लामा बसोबास गर्दै आएको अवस्था छ। अनि, मलाई के भनेका छन्, २०७५ सालमा अपहरण गरी शरीर बन्धक बनाई ज्यान मारेको भनेर २०७७ सालमा उजुरी दिइएको छ। 

अब मैले सम्पत्ति हडपेको भए २०६६ सालपछि नै मेरो नाम आउनु पर्थ्यो। २०६९ सालमा मुद्दा हाल्ने २०७० सालमा फैसला हुने, २०७१ सालमा लिलामी गर्ने, अदालतले त्यसबेलै महिला छैन भनेको छ। बेपत्ता तामेली पनि गरेको छ, घरदैलो टाँस गरेको पूर्जी छ अनि २०७२ सालमा पूर्जा बनाएको छ। २०७३ सालमा बेचेको छ। त्यो जग्गामा अर्को मान्छे बसिराखेको अवस्था पनि छ। २०७३ सालमै बेपत्ता भनेको मान्छे अनि मैले कहाँबाट २०७५ सालमा अहपरण गरेँ?

प्रकाशित मिति: सोमबार, कात्तिक १५, २०७८  २०:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
भन्सार छली ल्याइएको ३४ लाखभन्दा बढीको सुर्तीजन्य पदार्थसहित एक जना पक्राउ काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार दक्षिणकाली नगरपालिका–५ फर्पिङ चेकप्वाइन्टमा खटिएको प्रहरीले सवारी जाँचका क्रममा बिलबिजकबिन... सोमबार, भदौ ८, २०८३
बालिका बलात्कारपछि हत्या घटना: आरोपी किशोरको बयानको भिडियो खिच्ने एक प्रहरी पक्राउ, अरु चार जनामाथि अनुसन्धान बाराकी बालिका गरिमा चौधरीको बालात्कारपछि हत्यामा संलग्न किशोरको बयानको भिडियो खिचेर सार्वजनिक गरेको अभियोगमा एक प्रहरी प्रकाउ परेका... सोमबार, भदौ ८, २०८३
१९९ केजी गाँजासहित टिपर चालक पक्राउ उदयपुरको कटारी नगरपालिका–४ स्थित मरुवा खोलाबाट प्रहरीले १९९.३२ केजी गाँजासहित एक टिपर र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ। सोमबार, भदौ ८, २०८३
ताजा समाचारसबै
पुर्ख्यौली थलोमा पुनर्स्थापित हुन खोजिरहेका कश्मीरी पण्डितलाई फेरि धम्की, निगरानीमा रहेकाले फर्किनुअघि सोच्न चेतावनी सोमबार, भदौ ८, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
दोलखामा फिल्म सिटी : १५ वर्षदेखि अधुरै सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
देउवा–खड्काको पूरक निवेदन मंगलबार मात्रै दर्ता हुने सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु आइतबार, भदौ ७, २०८३
सम्पत्तिको विवादले लियो दुई वर्षीया बालिकाको ज्यान, सौतेनी आमा पक्राउ आइतबार, भदौ ७, २०८३
सप्तरीमा हराएकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन् आइतबार, भदौ ७, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्