• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

तराईमा किन बढिरहेको छ सीके राउतको ‘आतंक’?

मास सेन्टिमेन्ट, बार्गेनिङ र जनमतका लागि अराजक गतिविधि– प्रहरी
64x64
नारायण अधिकारी सोमबार, कात्तिक १५, २०७८  ११:३५
1140x725

काठमाडौं– धनुषाको सबैला नगरपालिका–१२, रघुनाथपुरस्थित फकिर चन्द उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक बैजु साहलाई सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले गत शुक्रबार दुर्व्यवहार गरे। 

मोटरसाइकलमा सवार प्रधानाध्यापक साहलाई सीके राउतका कार्यकर्ताले चप्पलले हान्नुका साथै कालोमोसो समेत दल्न भ्याए। नियमित पठनपाठन हुनुपर्ने, विभिन्न शुल्कको नाममा लिइएको रकम पारदर्शी हुनुपर्ने र त्यसको बील पाउनुपर्ने, कक्षा ११ र १२ का विद्यार्थीले पुस्तक पाउनुपर्नेलगायत माग राख्दै राउतका कार्यकर्ता तथा उनी समर्थित विद्यार्थीले आन्दोलन गर्दै आएका थिए। सोही क्रममा प्रधानाध्यापक साहमाथि शुक्रबार कालोमोसो दल्दै दुर्व्यवहार भयो। यद्यपि, राउतको पार्टीले उक्त कारबाही विद्यार्थीबाट भएको र त्यसमा जनमत पार्टीको कुनै संलग्नता नरहेको दाबी गरेको छ। 

साहमाथि कालोमोसो दलेको हप्ता दिन अघि, कात्तिक ४ गते जनकपुरमै राउतका कार्यकर्ताले एक इन्जिनियरमाथि त्यस्तै दुर्व्यवहार गरे। जनकपुरमा खानेपानी संस्थानका निमित्त प्रमुख राजेश कुशवाहालाई अर्धनग्न बनाएर उनीहरुले नगर परिक्रमा गराए। 

उनीहरूले बाँसको भाटासहित जनकपुरको रामानन्द चोकमा रहेको खानेपानी संस्थानको कार्यालयमा पुगेर कुशवाहलाई नियन्त्रणमा लिएका थिए। ठूलो समूहसहित पुगेका जनमत पार्टीका कार्यकर्ताले कुशवाहलाई अर्थनग्न बनाएर हातपातसमेत गरेका थिए। त्यसपछि हिलो दलेर नगर घुमाए। राउत कार्यकर्ताको उच्छृंखल गतिविधि नियन्त्रण गर्न नसकेको, अर्धनग्न बनाएर कर्मचारीलाई नगर परिक्रमा गराउँदा समेत प्रहरी मुकदर्शक भएकोलगायत अन्य आरोप लगाउँदै धनुषाका प्रहरी उपरीक्षक (एसपी) प्रकाश रानाभाटको त सरुवा नै भयो।

पछिल्ला केही दिनयता राउतका कार्यकर्ताको गतिविधि हेर्ने हो भने उनीहरू निकै अराजक बन्दै गएको देखिन्छ। सरकारी तथा जनसरोकार रहेका निकाय/कार्यालयका कर्मचारीमाथि ‘जनकारबाही’ भन्दै राउतका कार्यकर्ताले सार्वजनिक बेइज्जती तथा दुर्व्यवहार गर्दै आएका छन्। 

गत कात्तिक ८ गतेदेखि राउतको पार्टीले आन्दोलनका कार्यक्रम नै घोषणा गरेर तराईमा, विशेषगरी प्रदेश २ मा अराजक आन्दोलन गरिरहेको छ। ‘देशमा चरम भ्रष्टाचार र बेथिति व्याप्त रहेको, आमजनताहरू जनप्रतिनिधि, कर्मचारी र उनीहरूले पालेका गुण्डाहरूबाट पीडित भई त्राहिमामको अवस्था रहेको, चारैतिर भ्रष्टाचार, बलात्कार र हत्या फैलिएको, नेपाल सरकार र राज्यका सम्पूर्ण संयन्त्रहरू भ्रष्टाचार, अत्याचारकै मतियार रहेको र सुशासन दिन पूर्ण असफल रहेको ठहर भएको छ’, राउत नेतृत्वको जनमत पार्टीले कात्तिक ७ गते विज्ञप्ति निकाल्दै आन्दोलनका कार्यक्रम घोषणा गर्नुका कारणबाट उल्लेख गरेको थियो। 

९ दिने आन्दोलनका कार्यक्रममा सदरमुकाममा सिटी जुलुस निकाल्ने, स्थानीय तहहरूमा मोटरसाइकल र्याली गर्दै नारा लगाउने, वडामा कोणसभा गर्ने र मसाल जुलुस निकाल्ने, वडामा युवादस्ता प्रशिक्षण दिने, सदरमुकाममा मसाल जुलुस निकाल्ने, अधिवेशनका कार्यक्रमहरू सम्पन्न गर्ने, कोणसभा गर्नेलगायत विषय समेटिएका थिए। तर, घोषणा गरिएका यी विषय भन्दा पनि आन्दोलन अराजक बन्दै गएको छ। कतिपय स्थानहरूमा प्रहरीसँग राउतका कार्यकर्ताको झडप भएको छ भने उनीहरूले कानुन हातमा लिँदै सरकारी कर्मचारीमाथिको अराजक व्यवहार तीव्र पारेका छन्। 

'स्वतन्त्र मधेश'को मुद्दा छाडेर शान्तिपूर्ण र मुलधारको राजनीति गर्ने सहमति भएसँगै २०७५ फागुन २४ गते जेलबाट रिहा भएका उनै राउतको गतिविधि अहिले एकाएक अराजक बन्दै गएको छ। उनको समूहको गतिविधि अराजक बन्दै जानुलाई आगामी चुनावलक्षित रहेको नेपाल प्रहरीको विशेष ब्यूरोको बुझाइ छ। 

Ncell 2
Ncell 2
nimb
nimb

‘खासगरी जनता समाजवादी पार्टी फुटेपछि राउतको पार्टीको गतिविधि बढेको देखिन्छ। उक्त पार्टी फुटेपछि तराईमा आफ्नो प्रभाव जमाउन सक्ने आकलन गरेर चुनाव लक्षित गर्दै गतिविधि बढाएको हुनुपर्छ’, विशेष ब्यूरोका एक उच्च अधिकारीले नेपाल लाइभसँग भने, ‘जनसरोकार रहेका कार्यालयहरूका कर्मचारीलाई कारबाही गर्दै मास सेन्टिमेन्ट तान्नका लागि राउतको पार्टीले अराजक गतिविधि गरेको देखिन्छ।’

यता, नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल ठकुरी राउतको पार्टीको पछिल्लो अराजक गतिविधिलाई मुख्यगरी ३ वटा बुँदामा बुझ्नुपर्ने बताउँछन्। 

पूर्वडीआईजी ठकुरी  भन्छन्, ‘राउतको पार्टीले गरेका जति पनि कारबाही र आन्दोलन छन्, ती एउटा व्यक्ति मात्रै नभएर सरकारी कर्मचारी छन्। त्यसमा पनि जनसरोकार बढी भएका सरकारी कार्यालयका कर्मचारी मारमा परेका छन्। जस्तो कि स्कुल, मालपोत, खानेपानी, वडा कार्यालयहरूमा बढी कारबाही भएको देखिन्छ। विभिन्न कामको सिलसिलामा सरकारी कर्मचारीमाथि जनताको कुनै न कुनै प्रकारको असन्तुष्टि हुनसक्छ। त्यस्ता निकायका कर्मचारीलाई कारबाही गरेर पब्लिकको सिम्प्याथी तान्ने दाउमा सीके राउत छन्।’

सार्वजनिक तथा सरकारी कार्यालयका कर्मचारीमाथि राउतका कार्यकर्ताले कालोमोसो दल्नेदेखि भौतिक कारबाही गर्नेसम्मका कारबाही नै गरेका छन्। राउतका यस्ता अराजक कारबाहीले भोलि कर्मचारी कार्यालयमै जान नसक्ने वातावरण बन्ने र त्यसको असर सरकारसम्म पुर्याउने लक्ष्य राउतको पार्टीको हुनसक्ने ठकुरीको बुझाइ छ। अर्कोतर्फ, यस्ता कारबाहीपछि कर्मचारीका संगठनबाटै सरकारले सुरक्षा दिन नसकेको भन्दै आन्दोलन हुने र त्यसपछि राउतले सरकारसँग ‘बार्गेनिङ र नेगोसिएसन’को काम गर्ने वातारण बन्ने उनको बुझाइ छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

तस्रो तथा अन्तिम लक्ष्य चाहिँ चुनाव लक्षित नै भएको ठकुरीले बताए। नजिकिँदै गरेको चुनावलाई आधार मान्दै जनमत आफूतर्फ तान्नका लागि अहिलेदेखि नै राउतले अराजक गतिविधिको सहारा लिएको हुनसक्ने ठकुरीले बताए। 

यद्यपि, राउतले भने कारबाही गर्ने निकायले कारबाही नगरेकाले जनताले जनकारबाही गरेको सार्वजनिक रुपमै बताउँदै आएका छन्। राउतले ट्विटरमै लेखेका छन्, ‘अख्तियारलाई ज्ञापन-पत्र दिएको कति भो? तर, अख्तियारले भ्रष्टाचारी संरक्षण गर्ने! उपमहानगरपालिका र खानेपानी  विभागलाई ज्ञापन-पत्र दिएको कति भो? तर, सुन्दै नसुन्ने!  प्रहरीलाई उजुरी दिएको कति भो? तर, उल्टै गरीब निमुखालाई समात्ने! अनि, भ्रष्टबाट आजित जनताले के गर्छन्– जनकारबाही।’

राउतका यस्ता अराजक गवितिधि बढ्दै गए सुरक्षा चुनौती बढ्ने देखिन्छ। विशेष ब्यूरोका एक अधिकारी भन्छन्, ‘युद्ध नै हुने, फेरि भूमिगत गतिविधि हुने भन्दा पनि यस्ता गतिविधि बढ्दै गए हिंसाको वातावरण बन्ने देखिन्छ।’

उता प्रदेश २ का प्रमुख तथा डीआईजी उमेश रञ्जितकार भने दैनिक आन्दोलनका कार्यक्रम घोषणा गरेर अराजक गतिविधि गर्दै आएको राउतको समूहबाट सुरक्षा चुनौती नरहेको दाबी गर्छन्। 

‘शान्तिपूर्ण रुपमा गर्न पाउने आन्दोलनलाई केही गर्ने अवस्था रहेन। त्यो बाहेकका अराजक गतिविधि प्रहरीले नियन्त्रण गर्छ। राउत समूहबाट सुरक्षा चुनौती छैन’, डीआईजी रञ्जितकारले भने। 

को हुन् राउत?
सीके राउतको पूरा नाम चन्द्रकान्त राउत हो। उनी सप्तरीमा जन्मिएका हुन्। उनले क्याम्ब्रिज विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन्। सन् २०११ मा अमेरिकाबाट स्वदेश फर्केर उनले 'स्वतन्त्र मधेश'को अभियान चलाएका थिए।

नेपाल फर्कनुअघि उनले अमेरिकामा कम्प्युटर वैज्ञानिकका रूपमा काम गरेका थिए। उनले आफ्नो आत्मकथा 'डिनायल टु डिफेन्स' र मधेशसम्बन्धी अन्य दुईवटा पुस्तक पनि प्रकाशित गरेका छन्।

'स्वतन्त्र मधेश गठबन्धन'का उनी केन्द्रीय संयोजक हुन्।

'स्वतन्त्र मधेश'को मागसहित आन्दोलन गर्दै आएका राउत देशद्रोहको मुद्दामा पटक-पटक पक्राउ पर्दै छुट्दै आएका थिए। २०७५ फागुन २४ गते  सरकारसँग ११ बुँदे सहमति भएसँगै उनी रिहा भएर मुलधारको राजनीति गर्ने समझदारी भएको थियो। 

प्रकाशित मिति: सोमबार, कात्तिक १५, २०७८  ११:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु भएको छ । बाफिकोट गाउँपालिका–२ स्वाराका बलबहादुर नाथका ६... शनिबार, कात्तिक ७, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु जिल्ला प्रशासन कार्यालय बझाङ, गृह मन्त्रालयलगायतका निकायमा पहल गरी हेलिकोप्टरको उडानको तयारी हुँदाहुँदै उनको मृत्यु भइसकेको थियो । शुक्रबार, कात्तिक ६, २०८३
एमाले कार्यालय असुरक्षित भएको भनिएको घट्ना के हो ? २४ सै घण्टा पहरा दिने प्रहरी हटाइएपछि एमालेले कार्यालय असुरक्षित हुनबाट जोगाउन नयाँ सुरक्षा व्यवस्था अपनाएको छ । बिहीबार, कात्तिक ५, २०८३
ताजा समाचारसबै
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध शनिबार, कात्तिक ७, २०८३
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु शनिबार, कात्तिक ७, २०८३
कस्तो छ आजको मौसम? शनिबार, कात्तिक ७, २०८३
ट्रम्पको चेतावनी : इरानमाथि फेरि सैन्य आक्रमण हुन सक्छ शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
भारत भ्रमणले राजनीतिक सरगर्मी बढाएसँगै रविको स्पष्टोक्ति– जेलमा रहँदाको भाकल पूरा गर्न जाँदैछु शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्