• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, जेठ २०, २०८३ Wed, Jun 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

तराईमा किन बढिरहेको छ सीके राउतको ‘आतंक’?

मास सेन्टिमेन्ट, बार्गेनिङ र जनमतका लागि अराजक गतिविधि– प्रहरी
64x64
नारायण अधिकारी सोमबार, कात्तिक १५, २०७८  ११:३५
1140x725

काठमाडौं– धनुषाको सबैला नगरपालिका–१२, रघुनाथपुरस्थित फकिर चन्द उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक बैजु साहलाई सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले गत शुक्रबार दुर्व्यवहार गरे। 

मोटरसाइकलमा सवार प्रधानाध्यापक साहलाई सीके राउतका कार्यकर्ताले चप्पलले हान्नुका साथै कालोमोसो समेत दल्न भ्याए। नियमित पठनपाठन हुनुपर्ने, विभिन्न शुल्कको नाममा लिइएको रकम पारदर्शी हुनुपर्ने र त्यसको बील पाउनुपर्ने, कक्षा ११ र १२ का विद्यार्थीले पुस्तक पाउनुपर्नेलगायत माग राख्दै राउतका कार्यकर्ता तथा उनी समर्थित विद्यार्थीले आन्दोलन गर्दै आएका थिए। सोही क्रममा प्रधानाध्यापक साहमाथि शुक्रबार कालोमोसो दल्दै दुर्व्यवहार भयो। यद्यपि, राउतको पार्टीले उक्त कारबाही विद्यार्थीबाट भएको र त्यसमा जनमत पार्टीको कुनै संलग्नता नरहेको दाबी गरेको छ। 

साहमाथि कालोमोसो दलेको हप्ता दिन अघि, कात्तिक ४ गते जनकपुरमै राउतका कार्यकर्ताले एक इन्जिनियरमाथि त्यस्तै दुर्व्यवहार गरे। जनकपुरमा खानेपानी संस्थानका निमित्त प्रमुख राजेश कुशवाहालाई अर्धनग्न बनाएर उनीहरुले नगर परिक्रमा गराए। 

उनीहरूले बाँसको भाटासहित जनकपुरको रामानन्द चोकमा रहेको खानेपानी संस्थानको कार्यालयमा पुगेर कुशवाहलाई नियन्त्रणमा लिएका थिए। ठूलो समूहसहित पुगेका जनमत पार्टीका कार्यकर्ताले कुशवाहलाई अर्थनग्न बनाएर हातपातसमेत गरेका थिए। त्यसपछि हिलो दलेर नगर घुमाए। राउत कार्यकर्ताको उच्छृंखल गतिविधि नियन्त्रण गर्न नसकेको, अर्धनग्न बनाएर कर्मचारीलाई नगर परिक्रमा गराउँदा समेत प्रहरी मुकदर्शक भएकोलगायत अन्य आरोप लगाउँदै धनुषाका प्रहरी उपरीक्षक (एसपी) प्रकाश रानाभाटको त सरुवा नै भयो।

पछिल्ला केही दिनयता राउतका कार्यकर्ताको गतिविधि हेर्ने हो भने उनीहरू निकै अराजक बन्दै गएको देखिन्छ। सरकारी तथा जनसरोकार रहेका निकाय/कार्यालयका कर्मचारीमाथि ‘जनकारबाही’ भन्दै राउतका कार्यकर्ताले सार्वजनिक बेइज्जती तथा दुर्व्यवहार गर्दै आएका छन्। 

गत कात्तिक ८ गतेदेखि राउतको पार्टीले आन्दोलनका कार्यक्रम नै घोषणा गरेर तराईमा, विशेषगरी प्रदेश २ मा अराजक आन्दोलन गरिरहेको छ। ‘देशमा चरम भ्रष्टाचार र बेथिति व्याप्त रहेको, आमजनताहरू जनप्रतिनिधि, कर्मचारी र उनीहरूले पालेका गुण्डाहरूबाट पीडित भई त्राहिमामको अवस्था रहेको, चारैतिर भ्रष्टाचार, बलात्कार र हत्या फैलिएको, नेपाल सरकार र राज्यका सम्पूर्ण संयन्त्रहरू भ्रष्टाचार, अत्याचारकै मतियार रहेको र सुशासन दिन पूर्ण असफल रहेको ठहर भएको छ’, राउत नेतृत्वको जनमत पार्टीले कात्तिक ७ गते विज्ञप्ति निकाल्दै आन्दोलनका कार्यक्रम घोषणा गर्नुका कारणबाट उल्लेख गरेको थियो। 

९ दिने आन्दोलनका कार्यक्रममा सदरमुकाममा सिटी जुलुस निकाल्ने, स्थानीय तहहरूमा मोटरसाइकल र्याली गर्दै नारा लगाउने, वडामा कोणसभा गर्ने र मसाल जुलुस निकाल्ने, वडामा युवादस्ता प्रशिक्षण दिने, सदरमुकाममा मसाल जुलुस निकाल्ने, अधिवेशनका कार्यक्रमहरू सम्पन्न गर्ने, कोणसभा गर्नेलगायत विषय समेटिएका थिए। तर, घोषणा गरिएका यी विषय भन्दा पनि आन्दोलन अराजक बन्दै गएको छ। कतिपय स्थानहरूमा प्रहरीसँग राउतका कार्यकर्ताको झडप भएको छ भने उनीहरूले कानुन हातमा लिँदै सरकारी कर्मचारीमाथिको अराजक व्यवहार तीव्र पारेका छन्। 

'स्वतन्त्र मधेश'को मुद्दा छाडेर शान्तिपूर्ण र मुलधारको राजनीति गर्ने सहमति भएसँगै २०७५ फागुन २४ गते जेलबाट रिहा भएका उनै राउतको गतिविधि अहिले एकाएक अराजक बन्दै गएको छ। उनको समूहको गतिविधि अराजक बन्दै जानुलाई आगामी चुनावलक्षित रहेको नेपाल प्रहरीको विशेष ब्यूरोको बुझाइ छ। 

nimb
nimb
Ncell 2
Ncell 2

‘खासगरी जनता समाजवादी पार्टी फुटेपछि राउतको पार्टीको गतिविधि बढेको देखिन्छ। उक्त पार्टी फुटेपछि तराईमा आफ्नो प्रभाव जमाउन सक्ने आकलन गरेर चुनाव लक्षित गर्दै गतिविधि बढाएको हुनुपर्छ’, विशेष ब्यूरोका एक उच्च अधिकारीले नेपाल लाइभसँग भने, ‘जनसरोकार रहेका कार्यालयहरूका कर्मचारीलाई कारबाही गर्दै मास सेन्टिमेन्ट तान्नका लागि राउतको पार्टीले अराजक गतिविधि गरेको देखिन्छ।’

यता, नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल ठकुरी राउतको पार्टीको पछिल्लो अराजक गतिविधिलाई मुख्यगरी ३ वटा बुँदामा बुझ्नुपर्ने बताउँछन्। 

पूर्वडीआईजी ठकुरी  भन्छन्, ‘राउतको पार्टीले गरेका जति पनि कारबाही र आन्दोलन छन्, ती एउटा व्यक्ति मात्रै नभएर सरकारी कर्मचारी छन्। त्यसमा पनि जनसरोकार बढी भएका सरकारी कार्यालयका कर्मचारी मारमा परेका छन्। जस्तो कि स्कुल, मालपोत, खानेपानी, वडा कार्यालयहरूमा बढी कारबाही भएको देखिन्छ। विभिन्न कामको सिलसिलामा सरकारी कर्मचारीमाथि जनताको कुनै न कुनै प्रकारको असन्तुष्टि हुनसक्छ। त्यस्ता निकायका कर्मचारीलाई कारबाही गरेर पब्लिकको सिम्प्याथी तान्ने दाउमा सीके राउत छन्।’

सार्वजनिक तथा सरकारी कार्यालयका कर्मचारीमाथि राउतका कार्यकर्ताले कालोमोसो दल्नेदेखि भौतिक कारबाही गर्नेसम्मका कारबाही नै गरेका छन्। राउतका यस्ता अराजक कारबाहीले भोलि कर्मचारी कार्यालयमै जान नसक्ने वातावरण बन्ने र त्यसको असर सरकारसम्म पुर्याउने लक्ष्य राउतको पार्टीको हुनसक्ने ठकुरीको बुझाइ छ। अर्कोतर्फ, यस्ता कारबाहीपछि कर्मचारीका संगठनबाटै सरकारले सुरक्षा दिन नसकेको भन्दै आन्दोलन हुने र त्यसपछि राउतले सरकारसँग ‘बार्गेनिङ र नेगोसिएसन’को काम गर्ने वातारण बन्ने उनको बुझाइ छ। 

तस्रो तथा अन्तिम लक्ष्य चाहिँ चुनाव लक्षित नै भएको ठकुरीले बताए। नजिकिँदै गरेको चुनावलाई आधार मान्दै जनमत आफूतर्फ तान्नका लागि अहिलेदेखि नै राउतले अराजक गतिविधिको सहारा लिएको हुनसक्ने ठकुरीले बताए। 

यद्यपि, राउतले भने कारबाही गर्ने निकायले कारबाही नगरेकाले जनताले जनकारबाही गरेको सार्वजनिक रुपमै बताउँदै आएका छन्। राउतले ट्विटरमै लेखेका छन्, ‘अख्तियारलाई ज्ञापन-पत्र दिएको कति भो? तर, अख्तियारले भ्रष्टाचारी संरक्षण गर्ने! उपमहानगरपालिका र खानेपानी  विभागलाई ज्ञापन-पत्र दिएको कति भो? तर, सुन्दै नसुन्ने!  प्रहरीलाई उजुरी दिएको कति भो? तर, उल्टै गरीब निमुखालाई समात्ने! अनि, भ्रष्टबाट आजित जनताले के गर्छन्– जनकारबाही।’

राउतका यस्ता अराजक गवितिधि बढ्दै गए सुरक्षा चुनौती बढ्ने देखिन्छ। विशेष ब्यूरोका एक अधिकारी भन्छन्, ‘युद्ध नै हुने, फेरि भूमिगत गतिविधि हुने भन्दा पनि यस्ता गतिविधि बढ्दै गए हिंसाको वातावरण बन्ने देखिन्छ।’

उता प्रदेश २ का प्रमुख तथा डीआईजी उमेश रञ्जितकार भने दैनिक आन्दोलनका कार्यक्रम घोषणा गरेर अराजक गतिविधि गर्दै आएको राउतको समूहबाट सुरक्षा चुनौती नरहेको दाबी गर्छन्। 

‘शान्तिपूर्ण रुपमा गर्न पाउने आन्दोलनलाई केही गर्ने अवस्था रहेन। त्यो बाहेकका अराजक गतिविधि प्रहरीले नियन्त्रण गर्छ। राउत समूहबाट सुरक्षा चुनौती छैन’, डीआईजी रञ्जितकारले भने। 

को हुन् राउत?
सीके राउतको पूरा नाम चन्द्रकान्त राउत हो। उनी सप्तरीमा जन्मिएका हुन्। उनले क्याम्ब्रिज विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन्। सन् २०११ मा अमेरिकाबाट स्वदेश फर्केर उनले 'स्वतन्त्र मधेश'को अभियान चलाएका थिए।

नेपाल फर्कनुअघि उनले अमेरिकामा कम्प्युटर वैज्ञानिकका रूपमा काम गरेका थिए। उनले आफ्नो आत्मकथा 'डिनायल टु डिफेन्स' र मधेशसम्बन्धी अन्य दुईवटा पुस्तक पनि प्रकाशित गरेका छन्।

'स्वतन्त्र मधेश गठबन्धन'का उनी केन्द्रीय संयोजक हुन्।

'स्वतन्त्र मधेश'को मागसहित आन्दोलन गर्दै आएका राउत देशद्रोहको मुद्दामा पटक-पटक पक्राउ पर्दै छुट्दै आएका थिए। २०७५ फागुन २४ गते  सरकारसँग ११ बुँदे सहमति भएसँगै उनी रिहा भएर मुलधारको राजनीति गर्ने समझदारी भएको थियो। 

प्रकाशित मिति: सोमबार, कात्तिक १५, २०७८  ११:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
सप्तकोशी नदीबाट ४ सय ७५ किलो गाँजा बरामद सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र उदयपुर जिल्लाको बेलका नगरपालिका–८ स्थित सप्तकोशी नदीको बीच टापुमा लुकाइ राखेको १६ बोरा गाँजा बराम... मंगलबार, जेठ १२, २०८३
प्रहरीले बुझायो दुर्गा प्रसाईंको अनुसन्धान प्रतिवेदन जेठ ४ मा प्रहरीले उनलाई पर्साको वीरगन्जस्थित दियालो होटलबाट पक्राउ गरेको थियो । प्रहरीले प्रसाईंविरुद्ध विद्युतीय (इलेक्टोनिक) कारोब... सोमबार, जेठ ११, २०८३
कांग्रेस नेता धनराजकी पूर्वपत्नी ज्योतिलाई २१ दिनभित्र अदालत उपस्थित हुन आदेश स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका २ लामडाँडा स्थायी घर घई हाल ललितपुर महानगरपालिका १४ थसिखेल बस्ने ४८ वर्षीया ज्योती कांग्रेस नेता... सोमबार, जेठ ११, २०८३
ताजा समाचारसबै
रास्वपाले भन्यो : सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिले नेपाललाई अझ बलियो बनायो मंगलबार, जेठ १९, २०८३
रवि लामिछानेले भेटे भारतीय विदेशमन्त्री एस जयशंकरलाई मंगलबार, जेठ १९, २०८३
नेपाल–भारत सीमा विवाद द्विपक्षीय संयन्त्रबाट समाधान गर्ने भारतको स्पष्टीकरण मंगलबार, जेठ १९, २०८३
नयाँ पार्टी बनाउने विषयमा दुर्गा प्रसाईं र धलशमशेरबिच छलफल मंगलबार, जेठ १९, २०८३
वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहसँग अदालतले माग्यो ४ लाख १५ हजार रुपैयाँ धरौटी मंगलबार, जेठ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
संसदमा अमर्यादित र आपत्तिजनक व्यवहार गरेको भन्दै छानबिन गर्न समिति गठन सोमबार, जेठ १८, २०८३
एक खेल अगावै नेपाल एसियन गेम्समा छनोट मंगलबार, जेठ १९, २०८३
काँग्रेस संसदीय दलका नेता तथा सुदूरपश्चिमका मुख्यमन्त्रीलाई दलको नेताबाट हटाउन अविश्वास प्रस्ताव दर्ता मंगलबार, जेठ १९, २०८३
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? मंगलबार, जेठ १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
एमएमएमा रवीन्द्रको ऐतिहासिक जित, रोड टु यूएफसीको सेमिफाइनलमा बिहीबार, जेठ १४, २०८३
अमेरिकाले इरानलाई पठायो सम्झौताको सुरुवाती ड्राफ्ट बुधबार, जेठ १३, २०८३
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्