महेन्द्रनगर– ४ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा कञ्चनपुरमा ५० वर्षीय पुरुष पक्राउ परेका छन्। पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१६ परखेडी घर भएका ५० वर्षीय करन सिंह छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सिंहले शनिबार राति ४ वर्षीया बालिकामाथि आफ्नै घरमा बलात्कार गरेका थिए। मदिरा सेवन गरी बालिकामाथि बलात्कार गरेको सूचनाका आधारमा अस्थायी प्रहरी बिट मझगाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार पक्राउ परेका सिंहमाथि थप अनुसन्धान भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।