काठमाडौं- नेपाली सेनाका रथी सरोज प्रताप राणाले दर्ज्यानी चिह्न पाएका छन्।
प्रधानसेनापति प्रभुराम शर्माले आइतबार जंगी अड्डामा आयोजित कार्यक्रममा राणालाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।
मन्त्रिपरिषद्को कात्तिक ११ गते बसेको बैठकले राणालाई रथीमा बढुवा गर्ने निर्णय गरेको थियो।
रथी दर्जामा पदोन्नति भएका राणा बलाध्यक्षमा नियुक्त भएका छन्। कार्यक्रममा नेपाली सेनाका रथी तथा अधिकृतहरुको उपस्थिति रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।